यसअघि सुँगुर र बाँदरको दिमागमा चीप राखेर परीक्षण गरेको कम्पनीले अब मानिसमा पनि परीक्षण गर्ने बताइएको छ। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको दिमागको चिप बनाउने कम्पनी न्यूरालिंकले छिटै नै मानिसमा उक्त परीक्षण सुरु गर्ने बताएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पक्षघातका बिरामीलाई आफ्नो दिमागबाट तीव्र गतिमा स्मार्टफोन प्रयोग गर्न सकून् भन्ने आशयका साथमा नयाँ योजना ल्याइएको हो। मस्कले सन् २०१६ मा यो कम्पनीको स्थापना गरेका थिए।
यसअघि नै यो चिपलाई सुँगुर र बाँदरमा परीक्षण गरिएको थियो र सफल पनि भएको थियो। यो प्रविधिलाई मानिसमा प्रयोग गर्न कम्पनीले एक क्लिनिकल ट्रायल निर्देशक भर्ना गर्ने तयारी गरेको छ। मस्कले यो चिपको प्रयोगले बिरामी भएर हिँड्न नपाएका मानिसहरु पनि हिँड्न सक्ने दाबी गरेका छन्।
मस्कले यस वर्षको अन्तिमसम्ममा सबै कुरा भनेको जसरी अघि बढेको खण्डमा उक्त चिपको मानिसमा प्रयोग सुरु गरिने बताएका छन्। योजनाअनुसार मानिसहरुलाई अल्जाइमर, डिमेन्सियाजस्ता समस्याको समाधानको लागि मानव मस्तिष्कमा कम्प्युटर इन्टरफेस प्रत्यारोपण गर्ने लक्ष्य छ। यो योजनाबाट मानिस र कृत्रिम बौद्धिकता बीचको सम्बन्ध पत्ता लगाउनु यसको दीर्घकालीन योजना हो।
अहिले न्यूरालिंक प्रत्यारोपणको लागि आवश्यक काम निकै तीव्र गतिमा चलिरहेको छ। मस्कले क्लबहाउसमा दिएको एक अन्तर्वार्तामा न्यूरालिंकले बाँदरको मस्तिष्कमा वायरलेस प्रत्यारोपण गरेको खुलासा गरेका थिए।
त्यसपछि बाँदरले आफ्नो दिमागको सहारामा भिडियो गेम खेलेको थियो। यसअघि यो चिप सुँगुरको मस्तिष्कमा पनि प्रत्यारोपण गरेर परीक्षण गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०७९ - ११:०५
काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गरेर नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।बायर्नले मुख्य प्रशिक्षकमा ४९ वर्षीय जर्म...
चैत्र ११ गते, २०७९ - १०:३५
महोत्तरी। मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आज सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म च...
चैत्र ११ गते, २०७९ - १०:३२
काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...
चैत्र ८ गते, २०७९ - १३:०५
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित उनी रोग बल्झिएपछि गत फागुन १ दे...
चैत्र ४ गते, २०७९ - ०९:२९
काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि उडेको केही समयमै अवतरण गरेको छ । शनिबार बिहान बुद्ध एयरको यु–४१३३ ...
चैत्र ४ गते, २०७९ - ०८:४०
काठमाडौं। नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा ...
चैत्र ४ गते, २०७९ - ०८:३६
काठमाडौं । हाल देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको प...
फाल्गुन ११ गते, २०७९ - १४:२६
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन्। टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दलद्वारा...
फाल्गुन ९ गते, २०७९ - १४:०८
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ । यहाँ आयोज...
फाल्गुन ९ गते, २०७९ - १०:५९
काठमाडौं । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । ...
प्रतिकृया लेख्नुहोस्: