Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

जथाभावी बस पार्किङ गर्दा चक्रपथ वरपर ट्राफिक व्यवस्थापनमा समस्या

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँको चक्रपथ वरपर क्षेत्रमा टिकट काउण्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको छ । काठमाडौँको कोटेश्वर, गौशाला, चावहिल, गोँगबु, माछापोखरी, कलङ्कीलगायतका क्षेत्रमा टिकट काउण्टर र बसपार्क बनाउँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लामो दूरीका सवारीसाधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको छ । लामो तथा छोटो दूरिका सवारीसाधन गोँगबुस्थित नयाँबसपार्क र पुरानो बसपार्कभित्रबाट मात्र सञ्चालन हुनुपर्ने व्यवस्था भए पनि जथाभावी रुपमा सञ्चालन गर्दा सडकमा लामो समयसम्म सवारी जाम हुने गरेको छ ।  

नुवाकोट, रसुवालगायतका जिल्लामा  सञ्चालन हुँदै आएको नमस्ते पासाङल्हामु यातायात प्रालिका अध्यक्ष कुलबहादुर खड्गीले माइक्रोबस र ठूला बस एकैठाउँबाट सञ्चालन नगर्दा आफूहरु सडकबाट ठूला सवारीसाधन चलाउन बाध्य भएको गुनासो गरे ।

उनले भने, “माइक्रोबस माछापोखरीबाट सञ्चालन हुँदै आएको छ, बसमायात्रा गर्ने यात्रुलाईसमेत माइक्रोबसले ओसार्न थालेपछि हामी माछापोखरीबाट बस चलाउन बाध्य भएका हौँ ।” बस र माइक्रोबसलाई छुट्ने स्टेशन एउटै बनाउनुपर्ने उनको भनाइ छ । हाल  माछापोखरी क्षेत्रबाट रसुवा र नुवाकोटमा दैनिक ३० भन्दा बढी सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् । 

यस्तै, गोँगबु चोकदेखि नयाँ बसपार्कसम्मको सडकबाट पोखरा, स्याङ्जा, म्याग्दी, बाग्लुङ, बेनी, बुटवल, लमजुङलगायतका स्थानका माइक्रोबस तथा ठूला बस सञ्चालन हुँदैआएका छन् । चितवन र हेटौँडा चल्ने माइक्रोबस भने कलङ्कीको सडकबाट  सञ्चालन हुँदै आएका छन् । धादिङ चल्ने ठूला तथा साना सवारीसाधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजुबाट सञ्चालन हुँदै आएका छन् । 

यस्तै जनकपुर, वीरगञ्जलगायका क्षेत्रमा चल्ने सवारीसाधन गौशाला र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन भने पुरानो बसपार्क हुँदै कोटेश्वरबाट सञ्चालन हुँदै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका  प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दास चक्रपथ वरपरका क्षेत्रमा भएको जाम नियन्त्रणका लागि ट्राफिक प्रहरीले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए ।

“साँघुरो सडक र धेरै सवारीसाधन हुँदा सवारी जाम हुने गरेको छ, सडक वरपर टिकट काउण्टर र बस पार्किङले ट्राफिक व्यवस्थापनमा भने फरक पारेको छैन,” उनले भने । प्रवक्ता दासका अनुसार हाल काठमाडौँ उपत्यकामा १८ लाख २० हजार सवारीसाधन सञ्चालनमा छन् भने एक हजार ५९३ ट्राफिक जनशक्ति कार्यरत छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुन्यप्रसाद (सरोज) सिटौला यात्रुको सुविधाका लागि सवारी सञ्चालन गर्दा धेरै ठाउँमा टिकट काउण्टर र बसपार्क भएको हो भने । 

“यसरी धेरै ठाउँमा टिकट काउण्टर र बसपार्क बनाउँदा काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनलाई समेत असर परेको छ,” उनले बताए, “यातायात व्यवस्था विभाग र काठमाडौँ महानगरपालिकाले गरेको निर्णय कार्यान्वय गरेर समस्या नहुने उनको भनाइ छ ।” काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पार्किङका लागि नयाँ बसपार्कमा जग्गा उपलब्ध गराएको जानकारी दिए ।

“राजधानी काठमाडौँभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधन ‘सिस्टमेटिङ’ ढङ्गले सञ्चालन हुनुपर्छ भन्ने मान्यता महानगरपालिकाले राखेको छ, सिस्टमबाहिर गएका जोकोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ, मनपरी गर्नुहुँदैन,” उनले भने । 

महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पार्किङ गर्नका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिलाई काठमाडौँ महानगरपालिका–२६ विष्णुमति खोलाको किनारामा १६१ रोपनी क्षेत्रफल जग्गा उपलब्ध गराएको छ । सोहीअनुसार ल्होत्सेले विसं २०५६ सालमा नयाँ बसपार्क निर्माण गरेर सञ्चालन गर्दै आएको छ । 

यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसाल विभाग र यातायात व्यवसायीबीच विगतमा भएका सहमति कार्यान्वयन नभए विभागले कारबाही गर्ने बताए । “सहमति कार्यान्वयन नभएको भनेर कसैले विभागमा उजूरी दिएमा हामी अनुगम टोली पठाएर अध्ययन गरी गल्ती भए कारबाही गछौँै,”– उनले भने । पछिल्लो समय राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको सङ्ख्या वृद्धि हुनु र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies