Ntc
Khabar Dabali २० जेष्ठ २०८० शनिबार | 3rd June, 2023 Sat

निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न २ अर्ब अपुग

६ महिनामा निगम १९ अर्ब घाटा

खबरडबली संवाददाता

काठमाडौँ ।  पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता इण्डियन आयल कर्पोरेशन (आइओसी) लाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । 

पेट्रोलियम पदार्थ खरिदबापत आइओसीलाई जनवरी २३ तारिखमा भुक्तानी गर्न रकम अभाव रहेको निगमले जनाएको छ । उक्त मितिमा आइओसीलाई भुक्तानी गर्न रु दुई अर्ब अपुग हुने स्थिति देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

निगमले यसअघि पेट्रोलियम पदार्थको बिक्रीबाट भएको घाटा न्यूनीकरण गर्दै आपूर्ति व्यवस्थालाई चुस्त राख्न बचतमा रहेको सञ्चित मुनाफा, मूल्य स्थिरीकरण कोषमा दाखिला गर्नुपर्ने दायित्व रकम, कर्मचारी आवास तथा बोनसलगायत अन्य प्रयोजनमा छुट्ट्याई राखिएको रकमबाट आइओसीलाई भुक्तानी गरेको थियो ।

निगमले कर्मचारी आवास व्यवस्थाअन्तर्गतको रु तीन अर्ब २६ करोड, कर्मचारी बोनस व्यवस्थाबापत जम्मा भएको रु एक अर्ब ४५ करोड, ह्रासकोषमा रहेको रु एक अर्ब ४२ करोड र मूल्य स्थिरिकरण कोषमा रहेको रु १५ अर्ब ३४ करोडबराबरको रकम आइओसीलाई भुक्तानी गरिसकेको छ । 

निगमसँगको सञ्चित बचत शून्यमा पुगेको अवस्थामा देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन ऋण लिनुपर्ने वा मूल्य स्थिरिकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता उपाध्यायको भनाइ छ । 

छ महिनामा निगम १९ अर्ब घाटा

निगमले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा रु १९ अर्ब २६ करोड घाटा व्यहोरेको छ । जनवरी १५ मा आइओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने मासिक घाटा रु ५ अर्ब पुग्ने उहाँले बताउनुभयो । बढेको खरिद मूल्यअनुसार निगमलाई पाक्षिकरुपमा रु दुई अर्ब २४ करोड नोक्सानी रहेको छ । 

माघ १७ गतेसम्म रु २१ अर्ब ५० करोड घाटा व्यहोर्नुपर्ने निगमको प्रक्षेपण छ । मूल्य समायोजन गरिएता पनि महिनाका करिब ४ अर्ब मासिक घाटा रहेको हुँदा आगामी तीन महिनासम्मका लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न हालको खरिद मूल्यअुनसार न्यूनतम करिब रु १२ अर्ब आवश्यक पर्ने निगमको भनाइ छ । 

फेरि बढ्यो खरिद मूल्य

यसअघि केही महिना अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ओरालो लागेपनि फेरि मूल्य बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै निगमको खरिद मूल्य पनि बढेको छ । जनवरी १६ मा प्राप्त मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ १८ पैसा, डिजेलमा आठ रुपैयाँ ८१ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा रहेको छ ।

नयाँ मूल्यअनुसार निगमलाई आगामी १५ दिनमा पेट्रोलको बिक्रीबाट रु ४२ करोड ७९ लाख, डिजेलको बिक्रीबाट रु ७९ करोड ९९ लाख र एलपी ग्यासको बिक्रीबाट रु एक अर्ब १४ करोड ८६ लाख घाटा हुने निगमको आँकलन छ । 

निगमलाई मट्टितेलमा २० रुपैयाँ ५० पैसा र हवाई इन्धनमा १४ रुपैयाँ ७३ पैसा नाफा रहेको छ । मट्टितेलको बिक्रीबाट निगमलाई ५० दिनमा रु एक करोड ८७ लाख र हवाई इन्धनबाट रु ११ करोड ३७ लाख नाफा हुनेछ । मट्टितेल र हवाई इन्धनको बिक्री न्यून हुने हुँदा त्यसको बिक्रीबाट हुने नाफाले निगमको घाटा पूर्तिमा उल्लेख्य योगदान दिन सकेको छैन । 

आइओसीबाट निगमले प्रत्येक १५/१५ दिनमा डिजेल, पेट्रोल र हवाई इन्धनको नयाँ मूल्य सूची प्राप्त गर्दै आएको छ । यस्तै मट्टिटेल र एलपी ग्यासको मूल्य भने एक/एक महिनामा आउने गर्छ । चालू आर्थिक वर्षको छ महिनाको अवधिमा निगमले आइओसीबाट १२ पटक नयाँ मूल्य प्राप्त गरेको थियो । प्राप्त मूल्यमध्ये अधिकांश बढेर आएको निगमको भनाइ छ । निगमले गत आवमा करिब रु दुई खर्ब ३२ अर्ब बराबरको पेट्रोलियम पदार्थको कारोवार गरेको थियो । भन्सार शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), सडकमर्मत सम्भार शुल्क र प्रदूषण शुल्कलगायत अन्य करबापत निगमले वार्षिक करिब रु ९८ अर्व राजस्व तिर्दै आएको छ । 

भारतमाभन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो

नेपालमा पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेको भनेर गुनासो आइरहँदा भारतको तुलनामा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ । भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिर ३८ रुपैयाँ ३ पैसा, डिजेल ३१ रुपैयाँ १२ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा तथा हवाई इन्धन ९आन्तरिकतर्फ० भारतको कोलकताभन्दा नेपालतर्फ प्रतिलिर ३२ रुपैयाँ ९६ पैसा सस्तो रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभयो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँको गोगंबुबाट दुई जना पाकेटमार पक्राउ

काठमाडौँ । सार्वजनिक यातायातमा पाकेटमारी गरेर भाग्दै गरेको अवस्थामा काठमाडौँको गोगंबुबाट दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ प...

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सु...

प्रधानमन्त्री प्रचण्डले गरे इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

इन्दोर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रका अवलोकन गरेका छन् ...

रास्वपाकी सांसद सोविताले सुटुक्क विवाह गरेर पुगिन जापान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले विवाह गरेकी छिन् । उनले केहीदिन अघि विवाह गरेर जापान गएको बुझिएको छ ।   उनले...

एमाले सचिवालय बैठकः १३ जना केन्द्रीय सदस्य थप्ने निणर्य

काठमाडौं । नेकपा(एमाले)को सचिवालय बैठकले १३ जना केन्द्रीय सदस्य थपेको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठक १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय ...

नक्कली भुटानी शरणार्थी प्रकरणः सबैजनाको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै जनाको बयान सकिएको छ । शुक्रबार तीन जनाको बयान लिएसँगै सबैको बयान सकिएको जिल्ला सरकारी ...

म्यान्मारका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग

काठमाडौं । म्यान्मारका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ । मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम आज प्रद...

अफगानिस्तानमा सहयोग सघन बनाएर सौम्य शक्ति विस्तार गर्दै भारत

काठमाडौं । दुई दशक लामो द्वन्द्वले तहसनहस भएको अफगानिस्तानमा भारतले आफ्नो सौम्य शक्ति ९सफ्ट पावर०लाई बढाउँदै गएको छ । इरानमार्फत काबुललाई उल्लेख्यमात्...

‘वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण आवश्यक छ’

काठमाडौं ।  पौरखी नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सम्बन्धित मुलुकमा पुगेपछि पनि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको जनाएको छ ।  उक्त संस...

बिआरआई अन्तर्गतका केही आयोजना अनुदानमा निर्माण गरिदिन चीनसँग प्रस्ताव गरेका छौँः अग्नि सापकोटा

काठमाडौं ।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देशका रुपमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) ...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page