जनकपुर । सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को नाम मधेश प्रदेश राख्नु पर्ने प्रस्तावको पक्षमा ८० मत प्राप्त भएपछि मधेश प्रदेश बहुमतले पारित भएको थियो । आज (मंगलबार) मधेस प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाए विरोध गरेका छन् ।
२२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन । ८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको युवा सुशील कर्णले बताउनु भयो । उहाँले २२ जिल्लालाई मधेश प्रदेश बनाउनुपर्ने मागसहित मधेश आन्दोलन भएको उल्लेख गर्दै ८ जिल्लालाई मात्रै समेटिएर बनाइएको मधेश प्रदेश मान्य नहुने चेतावनी समेत दिनुभयो ।
त्यसक्रममा उनीहरुले मधेसी जनताको पहिचानमाथि नै खेलवाड गर्ने कार्य मधेस केन्द्रित दलहरुबाट भएको आरोप समेत लगाएका छन । पुतला दहन गरिरहँदा युवाहरुले ‘प्रदेश सांसद मुर्दावाद’, ‘८ जिल्लालाई मात्रै मधेश प्रदेश मान्दैनौं’, ‘पहिचानसहितको मिथिला–भोजपुरा प्रदेश नामाकरण गर’ लगायतका नाराहरु लगाएका थिए ।
यता, प्रदेश सरकारले प्रदेशको नामाकरण मधेस प्रदेश र राजधानी जनकपुर भएको खुसीयालीमा मंगलबार (आज) सार्वजनिक विदा दिएको छ । त्यसैगरी मधेश सरकारले बलिदानी दिवसको अवसरमा भोली (बुधबार) पनि प्रदेशमा सार्वजनिक विदा दिएको छ ।
मधेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । सोमबार ९हिजो० प्रदेशसभामा भएको गोप्य मतदानपश्चात् प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम भएपछि मधेश सरकारले त्यसको खुशीयालीमा आज सार्वजनिक विदा दिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०७९ - १४:४८
पेट्रोलियम पदार्थको खपत घटाउने, वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिनुपर्ने
जेष्ठ ४ गते, २०७९ - १४:३९
बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी भएको छ । अध्यक्षमा (नेकपा माओ...
जेष्ठ ४ गते, २०७९ - १४:१०
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा उनीहरुको ...
जेष्ठ ४ गते, २०७९ - १३:५०
मोरङ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका उम्म...
जेष्ठ ४ गते, २०७९ - १३:२३
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्...
जेष्ठ ४ गते, २०७९ - १३:०१
लस एन्जलस । अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन् । यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्र...
जेष्ठ ४ गते, २०७९ - १२:४३
सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीले मेयर पदमा विजय हाँसिल गरेको छ । सो पार्टीका उम्मेदवार वीरेन्द्र माझीले छ हजार ४०७ मतप्राप्त गरी...
जेष्ठ ४ गते, २०७९ - १२:२४
भरतपुर । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि भएकी छन् भरतपुर महानगरपालिका–६ को मतगणना स...
जेष्ठ ४ गते, २०७९ - १२:०२
काठमाडौँ । आज (बुधबार) सुन प्रतितोला ९ सय रुपैँयाले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो प्रतितोला ९६ हजार सात सय रूपैयाँ रहेको सुन आ...
जेष्ठ ४ गते, २०७९ - ११:३९
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको जारी मतगणनामा नगर प्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसालले आठ हजार १०९ मत प्राप्त गरी अग्रता लिएका छन् । वैशाख...
प्रतिकृया लेख्नुहोस्: