Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

भक्तपुरमा ङालाकेगु जात्रा सुरु

खबरडबली संवाददाता

भक्तपुर । नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सो जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछेँबाट सूर्यमढी टोलमा लगी तान्त्रिक विधिद्वारा अष्टमात्रिका देवीदेवतालाई आह्वान गरी श्वेतभैरवले विधिवत्रुपमा पूजाअर्चना गरेर सुरु भएको हो ।

सूर्यमढीबाट सुरु हुने सो जात्रा  नगरभित्र करिब आठ महिना लगाएर क्रमशः नगरका २१ ठाउँमा प्रदर्शन गरिन्छ । भक्तपुरका सूर्यमढी, तचपाल, क्वाठण्डौं गछेँ, दथुटोल, इनाचो, गोल्मढी, याछेँ, तौमढी, तालाको, मुलाखु, गःहिटी, क्वाछेँ, टिबुक्छेँ, बोलाछेँ, खौमा, इताछेँ, बालाखु, तुलाछे, चोछेँ र इच्छुमा ङालाकेगु जात्रा गरिन्छ ।

नवदुर्गा देवगणमा खिंःबाजा, तःंबाजा, कंशःबाजा, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, कुमारी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, भैरव, गुज्यकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव देवगण रहेको हुन्छ । नारीप्रति अपहेलनाबाट नारीक्रोध, दानव नरसंहार, चेलीबेटीको विलाप, केटाकेटीको चकचके व्यवहार, दैनिक जीवनमा गर्नुपर्ने सरसफाइ, मानव जीवनमा गर्ने बेलविवाह, दाम्पत्य जीवनमा हुने रीतिरिवाज, मतिना (मायाप्रेम) सँग सम्बन्धित यस जात्राले समाजलाई दिशाबोध गरिरहेको संस्कृतिकर्मी बताउँछन् ।

पौराणिक किम्वदन्ती तथा शिलालेखमा उल्लेख भएअनुसार लिच्छवी राजा आनन्ददेवले भक्तपुर सहरलाई नवदुर्गा भवानीमार्फत राजधानीको सहरको रुपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक देवदेवीका साथ नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएको हो ।

जात्रामा द्यो ब्वेकेगु अथवा प्रसाद ग्रहण गर्नेबारे पनि जात्रा हुन्छ । त्यस जात्रामा माछा, अण्डा, बारा, चटामारी, योमारी, भटमास, सम्हेबजी, मासुको परिकार, गेँडागुडी, दही चिउरा साथै चौरासी व्यञ्जनको प्रयोग हुन्छ । पञ्चबलिको रुपमा हाँस, कुखुरा, राँगो, बोका, भेडा बलि दिने गरेको पाइन्छ । साथै मुख्य बलिको रुपमा सुँगुर लखेटेर (बां लिकेगु) जात्रा मनाउने चलन रहेको छ । नवदुर्गा देवगणलाई प्रसाद ग्रहण (द्यो ब्वेकेगु) कार्य गर्दा आफ्नो सन्तान निरोगी हुने, गरेको काम सफल हुनुको साथै कूल स्थिर हुने जनविश्वास  छ ।

आफ्नो दिन दशा बिग्रेको बेला नवदुर्गाको दही चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, मोहनी (कालो टीका) ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुनेु विश्वास रहेको पाइन्छ । नवदुर्गा देवगणलाई घरमा भित्र्याउँदा घरमा शान्ति हुने, सबै प्रकारका डर त्रासबाट मुक्त हुने जनश्रुती पाइन्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईश्वर पोखरेल भन्छन्- मिसन ८४ पूरा गर्न सत्ता गठबन्धन गरिएको हो

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मिसन ८४ पूरा गर्न वर्तमान सत्ता गठबन्धन बनाएको बता...

सुहाङको विजय र्‍यालीमा सहभागी हुन ओली इलाम जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन्।  इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभाग...

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक  वैशाख २० मा आह्वान गरिएको छ ।  प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० ग...

‘स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ’

वासिङ्टन डीसी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउ...

इलाममा राप्रपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।  आज बिहान निर्वाचन आयोगले सार्वजनिक ग...

लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । जल त...

सुहाङलाई बधाई दिँदै ओलीले भने- युवालाई अझ अगाडि बढाउँदै जानेछौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम २ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । उनले अध्यक्ष ...

झलनाथ चुनावी ‘कमान्डर’ बनेको इलाममा नेकपा एसको जमानत जफत, कसले कति मत ल्याए ?

काठमाडौं । इलाम २ मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवारको जमानत जफत भएको छ। राईले ४०८ मत मात्रै ल्याए।  इलाम नेकपा ए...

यी हुन् लगानी सम्मेलनमा भएका महत्वपूर्ण सम्झौता

काठमाडौँ । दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन् । लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर...

इलाममा घण्टीको जमानत जफत

इलाम । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत इलाम २ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत भएको छ।  उम्मेदवार लिम्बूले ५ हजार ५० भोटमात्र ल्याए । प...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies