Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

भारतसँग सीमा जोडिएको बैतडीमा खोप कार्डविना सरकारी सेवा लिन नपाइने

खबरडबली संवाददाता

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको  खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ ।  

गृहमन्त्रालयको निर्देशनअनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड अनिवार्य साथमा राख्नुपर्ने व्यवस्था गरिएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने, “कोरोना सङ्क्रमणको जोखिम कम गर्न र खोपमा सबैको पहुँच पुर्‍याउन खोप कार्ड अनिवार्य गरिएको हो ।” कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्नसमेत आग्रह गरिएको छ । 

सदरमुकाममा जिल्लास्तरीय आइसोलेसन निर्माणका लागि दशरथचन्द नगरपालिकालाई आग्रह गरिएको छ । घर बाहिर वा सार्वजनिकस्थलमा जाँदा, सार्वजनिक यातायातका साधन प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न, भौतिक दूरी कायमलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ । 

यस्तै कोरोनाको जोखिम कम गर्नका लागि २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । सामाजिक दुरी कायम गर्न पनि आग्रह गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले बताए  । 

यसैबीच नयाँ भेरियन्ट फैलनसक्ने भन्दै भारतसितको सीमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्यरुपमा कोरोना परीक्षण गरिँदैछ । झुलाघाट नाकाबाट फर्किने नागरिकको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट १९ जनाको ज्यान गइसकेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending