रुकुमपूर्व । यहाँका अस्पतालमा स्वास्थ्य बिमा सेवासँगै सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा सुरु भएको छ । रुकुमपूर्व अस्पतालबाट तीनवटा सेवा पाउन थालेपछि यहाँका नागरिक खुशी भएका छन् ।
अस्पतालमा स्वास्थ्य बिमा सेवा, १० हप्तासम्मको सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा सुरु गरिएको छ । यी तीनवटै सेवाको मङ्गलबार आरम्भ गरिएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फत्तेकुमारी ओली, सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल र प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले संयुक्तरूपमा नयाँ सेवा सुरु भएको घोषणा गरे।
अस्पताल स्थापना भएको दुई वर्षपछि स्वास्थ्य बिमा, सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा प्रवाहले नागरिकको स्वास्थ्य उपचारमा सहज भएको र जिल्लावासी पनि उत्साहित भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए। नागरिकलाई सेवाबारे बुझाउन उत्तिकै आवश्यक रहेको उनको भनाइ छ ।
‘कुकुरले टोकेपछि बिरामीले निजी मेडिकल खोज्दै हिँड्ने गरेका थिए, टाढाको रुकुमपश्चिमको सल्ले अस्पतालमा पुगेर भ्याक्सिन लगाउने गरेका थिए’, उनले भने, ‘सुरक्षित गर्भपतन गराउन अर्को जिल्ला जाने गरेका थिए, अब त्यो समस्याको अन्त्य भयो ।’
तीनवटै सेवा सुरु भएसँगै जिल्लावासीलाई स्वास्थ्य उपचारमा राहत मिल्ने भएको छ । नयाँ सेवाप्रवाह स्वास्थ्यकर्मीले नागरिकलाई सहजरुपमा दिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फत्तेकुमारी ओलीले आग्रह गर्नुभयो । रुकुमपूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा गणेश चौधरीले नागरिकका गुनासा अब कम हुँदै जाने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: