काठमाडौं । पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गर्न राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने भएका छन्।
राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारी पौने ११ बजे सिंहदरबार जाने कार्यक्रम रहेको भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जनाकारी दिए। त्यहाँबाट भण्डारी काजी कालु पाण्डेको शालिकमा माल्यार्पण गर्न दहचोक पनि जाने कार्यक्रम रहेको अधिकारीले बताए।
यस्तै, पूर्वराजा शाह मध्यान्ह साढे १२ बजे सिंहदरबार जाने भएका छन्। पृथ्वीजयन्तीको अवसरमा मंगलबार साढे १२ बजे सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए।
प्रतिकृया लेख्नुहोस्: