Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

विवेकशील साझाको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगित

खबरडबली संवाददाता
काठमाडौं । विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसर पारेर यही पुस २७ देखि माघ १६ गतेसम्म गर्ने तय भएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगन गरेको छ । झापादेखि कञ्चनपुरसम्मका दर्जनौँ स्थानमा अध्यक्ष रवीन्द्र मिश्रसहित उच्च नेतृत्व सहभागी भई आमसभा र अन्तरक्रिया गर्ने अन्तिम तयारी भइसकेको अवस्थामा पछिल्ला दिनमा ह्वात्तै बढेको कोरोना भाइरस सङ्क्रमणको स्थितिलाई दृष्टिगत गरी पार्टीले यात्रा स्थगन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले आज जारी गरेको प्रेस विज्ञप्तिमा छ ।
 
पार्टीका कैयौँ नेता र सदस्यहरू तीन सातासम्म सँगै लगातार यात्रा र उठबस गर्दा सबै जना सङ्क्रमित हुनसक्ने जनस्वास्थ्य विज्ञहरूको सुझाव, उपचारमा आइपर्ने ठूलो आर्थिक भार एवम् यात्राका क्रममा भेटिने सदस्य, शुभेच्छुक तथा आम नागरिकमा समेत सङ्क्रमण फैलन सक्ने जोखिमलाई गम्भीरतापूर्वक मनन गर्दै यात्रा स्थगित गरिएको बताइएको छ ।
 
निकट भविष्यमा अनुकूल समय पारेर मेची–महाकाली राष्ट्रिय एकता यात्रा  गरिने पार्टीले जनाएको छ । यात्रा स्थगित भए पनि पुस २७ गते पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरसहित विभिन्न जिल्लामा  स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्दै औपचारिक कार्यक्रम आयोजना गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथमा मनाउने पार्टीले निर्णय गरेको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending