खोटाङ । जनसेवा सामुदायिक अस्पताल जालपामा डिजिटल एक्स–रे सेवा सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका स्थानीयवासीले विसं २०६९ मा स्थापना गरेको सामुदायिक अस्पतालमा पुरानो प्रविधिको एक्स–रे उपकरण विस्थापित गर्दै डिजिटल एक्स–रे सेवा सुरु गरिएको हो ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत आर्थिक वर्ष २०७७र८८ मा विनियोजित रु १५ लाखमा डिजिटल एक्स–रे जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए।
‘हामीले सरल र सहज मूल्यमा गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छौँ’, उनले भने, ‘डिजिटल मेसिन जडान गरिएपछि पुरानो मोडेलको मेसिनबाट एक्स–रे सेवा दिनुपर्ने बाध्यताबाट मुक्त भएका छौँ ।’
अस्पतालमा डिजिटल एक्स–रे मेसिन जडान, तार खरिद र सपोर्टिङ उपकरण खरिदमा थप रु पाँच लाख बढी खर्च भएको जनाइएको छ । डिजिटल एक्स–रे मेसिन र सो प्रिन्टिङ मेसिन खरिदका लागि बजेट माग गर्दा डिजिटल एक्स–रे मेसिनमात्र प्राप्त भएको अस्पतालले जनाएको छ ।
्
यसअघि सानो क्षमताको एक्स–रे मेसिनमार्फत सेवा प्रवाह हुँदै आएको अस्पतालमा डिजिटल एक्स–रे मेसिनले सेवा दिन थालेपछि उत्तरी क्षेत्रका सेवाग्राहीलाई सहज भएको वडाध्यक्ष विकास राईले बताए।
उनले भने, ‘अस्पतालमा डिजिटल मेसिन नहुँदा एक्स–रे गर्न दिक्तेल तथा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता थियो। अहिले अस्पतालमै आधुनिक प्रविधिको डिजिटल एक्स–रे मेसिन जडान गरेर सेवा दिन थालेपछि उत्तरी क्षेत्रका सेवाग्राहीलाई सहज भएको छ ।
जनसेवा समाज नेपाल जालपामार्फत जालपाका स्थानीयवासीको पहलमा जिल्लामै पहिलोपल्ट स्थापना गरिएको सामुदायिक अस्पतालबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र सावाबेँसी गाउँपालिकाका २४ वडाका स्थानीय लाभान्वित भएका छन् । सामुदायिक अस्पतालमा विभिन्न विशेषज्ञ सेवासहित दन्त सेवासमेत उपलब्ध रहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: