काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार परिक्षण गरेका प्रचण्डलाई संक्रमण पुष्टी भएको हो ।
यसैगरी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ । श्रेष्ठको पनि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले होम आइसोलेसनमा छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’
त्यस्तै अध्यक्षका स्वकीय सचिव रमेश मल्ल, वाईसिएलका इन्चार्ज रामप्रसाद सापकोटा, वाईसीएलका संयोजक सुमन देवकोटा, सुवाेध शेर्पालीलाई पनि कोरोना संक्रमण भएको छ ।
केहीदिन पहिले केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहितका कर्मचारीलाई कोरोना पुष्टि भएको थियो । त्यस्तै कार्यालयका अन्य कर्मचारी यविन्द्र पराजुली, सञ्जीव थापा, विनोद थापा, अंशु थापा र शिवकुमार बस्नेतलाई संक्रमण पुष्टि भएको थियो ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको समाचार सार्वजनिक भएको थियो । स्वास्थ्यमा केही असहजता देखिएकोले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०७९ - १५:३७
काठमाडौं । देशभर भएका ११ वटा उपमहानगरमध्ये पहिलो पटक नेतृत्वमा महिला मेयर पाएको छ । हेटौंडा उपमहानगरपालिकाले महिला मेयर जिताएको हो । एकीकृत समाजव...
जेष्ठ ६ गते, २०७९ - १२:१९
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय उत्सवमा एमालेले आक्रमण गर्दा ६ जना घाइते भएका छन् । वडा नम्बर २७ को अध्यक्ष जितेपछि बि...
जेष्ठ ६ गते, २०७९ - १२:१२
हेटौंडा । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयम...
जेष्ठ ६ गते, २०७९ - १२:०३
राजविराज । राजविराज नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् । निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवलाई फराकिलो मतान्त...
जेष्ठ ६ गते, २०७९ - ११:३३
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप छनोट लिग–२ अन्तर्गत यूएई र स्कटल्याण्डसँगको सिरिजका लागि रोहित पौडेललाई उपकप्तान नियुक्त गरेको ...
जेष्ठ ६ गते, २०७९ - १०:४७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाले बाजी मारेको छ । राप्रपाका उम्मेदवार रामकुमार थापा...
जेष्ठ ३ गते, २०७९ - १६:०२
काठमाडौं । भरतपुर महानगरालिकामा रेणुले तिन अंकको अग्रता लिएकी छिन् । मतगणना सुरु भएदेखिनै १०० भन्दा कम अंकले कहिले एमालका उम्मेदवार विजय सुवेदी त ...
जेष्ठ ३ गते, २०७९ - १५:५०
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले जितेको छ । नगरको प्रमुखमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा विजयी...
जेष्ठ ३ गते, २०७९ - १२:४७
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् । सुरुवातदेखि नै अग्रता...
जेष्ठ ३ गते, २०७९ - ११:५५
काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म १०६ वटा सथनीय तहमा जित निकालेको छ । १०६ मध्य ६८ वटा तहमा गठबन्धनको सहयोग...
प्रतिकृया लेख्नुहोस्: