Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

नेपालमै मल कारखाना खोल्न गृहकार्य, जर्मनी र थाइल्याण्डका कम्पनी इच्छुक

करिब एक खर्ब २५ अर्ब लागत लाग्ने अनुमान

खबरडबली संवाददाता

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले विद्युत्मा आधारित मल कारखाना निर्माणका लागि गृहकार्य भइरहेको बताएका छन। 

बिहिबार काठमाडौंमा आयोजित एक अन्तक्र्रियामा उनले विद्युत्मा नै आधारित फ्याक्ट्री निर्माणका लागि जर्मनीसँग छलफल भइरहेको जानकारी दिँदै यस कार्यका लागि जर्मनी र थाइल्याण्डका कम्पनी इच्छुक रहेको बताए। 

एक लाख मेट्रिकटन युरिया, दुई लाख मेट्रिकटन डिएपी र आठ लाख मेट्रिकटन पोटासिएम मलको आवश्यकता हुने बताउँदै मुलुकमा हुने मल अभावको समस्या समाधान गर्न विद्युत्मा नै आधारित मल कारखाना आवश्यक रहेको प्रष्ट पारे। मुलुकमा मल कारखाना स्थापनाका लागि अहिले पनि लगानी बोर्डमा प्रस्ताव दर्ता भएको जानकारी दिँदै उनले करिब एक खर्ब २५ अर्ब लागत लाग्ने अनुमान गरिएको बताए। 

देशको समृद्धिका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण अनि औद्योगिकीकरण, मूल्य निर्धारण, भण्डारण र बजारीकरणको उचित प्रबन्ध गर्नुपर्नेमा जोड दिँदै मन्त्री यादवले कृषि क्षेत्रको विकासका लागि सरकारले बनाएको २० वर्षे योजनाअन्तर्गत कार्य गर्न बजेटको व्यवस्थापन गर्नुपर्ने बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली-कांग्रेससँग समीकरण हुँदैन, रवि लामिछानेसँग संवादमा छु : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेकपा एमाले वा नेपाली कांग्रेससँग कुनै पनि प्रकारको चुनावी सम...

रुपन्देहीमा विद्यार्थी सवार बस दुर्घटना, १० भन्दा बढी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये केहीको अ...

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक : लक्ष्यभन्दा पाँच महिनाअघि नै सकियो

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्...

अफ्रिकन स्वाइन फिभरका लक्षण देखिएका बङ्गुर मरेपछि किसान चिन्तित

तनहुँ । यहाँको ऋषिङ गाउँपालिका वडा नम्बर ७ मा अफ्रिकन स्वाइन फिभर भाइरसका लक्षणसहित एक किसानका पाँच वटा बङ्गुर मरेका छन् । स्थानीय ऋषिराम थापाले पा...

सिँचाइ सुविधा पुगेपछि व्यावसायिक तरकारी खेतीमा रमाउँदै श्यामशिलाका किसान

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसानहरु सिँचाइ सुविधा विस्तार भएसँगै व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । गाउँमा...

बाजुराका १८ सय किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने

बाजुरा । बाजुरामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार राष्ट्रिय खोप कार्यक्र...

चुनावी घोषणापत्र छिट्टै प्रकाशन गर्ने नेपाली कम्युनिष्ट पार्टीको निर्णय

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी, निर्वाचन परिचालन समितिको सचिवालय बैठकले छिट्टै चुनावी घोषणापत्र प्रकाशन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्री...

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ । सोमबार यहाँको लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई...

आज देशभर बादल लाग्ने, यी स्थानमा हुनसक्छ वर्षा र हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्व...

आयल निगमले भन्योे- बजारमा ग्यासको अभाव छैन

काठमाडौँ । नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ । निगमले प्रेस विज्ञप्ति जारी गर्दै ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE