Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

भरतपुर महानगरको चार वर्षः स्थानीय तहमा सबैभन्दा बढी काम गर्न सफल

६१० किलोमिटर सडक कालोपत्र

खबरडबली संवाददाता

चितवन। जनप्रतिनिधि आएसँगै भरतपुर महानगरपालिकाले विगत चार वर्ष ६ महिनामा विकासका पूर्वाधारसँगै अन्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । 

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, महिला, बालबालिका, कानुन निर्माणलगायतका क्षेत्रमा महत्वपूर्ण काम भएको महानगरको ठहर छ । महानगरपालिकाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय तहमा सबैभन्दा बढी काम गर्न सफल भएको दाबी गरेको छ । 

उपमहानगरपालिका, नगरपालिका र गाउँ विकास समिति मिलाएर बनेको भरतपुर महानगरपालिकाले जनप्रतिनिधिसँगै पूर्वाधारका क्षेत्रको विकासमा प्राथमिकता पाएको हो । चितवन क्षेत्र नं २ र ३ का वडा महानगरपालिका भित्रपर्दछ । महानगरपालिकाभित्र बन्दै गरेको सिटिहल, पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक, महानगरको रिङ्रोड, लिङक रोड, अन्य सडक कालोपत्र, नारायणी नदी किनारको विकास, खानेपानी, नारायणी नदी तटबन्धजस्ता विकासका काम यहाँ भएका छन् । 

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खेलकूद, यातायात, विद्युतीकरण, महिला तथा बालबालिका लगायतका क्षेत्रमा महानगरले ध्यान दिएको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार विगत चार वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्र तथा ४५० किलोमिटर सडकमा ग्राभेल गरिएको छ । यो स्थानीय तहमा भएको सबैभन्दा बढी रहेको उनको भनाइ छ ।   

सङ्घीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबैभन्दा लामो ८८।६ कि।मी। महानगरीय रिङरोड रु आठ अर्ब २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनसहित विस्तृत परियोजना प्रतिवेदन तयार भई सघन सहरी विकासबाट १० किमि।, प्रदेश सरकारबाट ८।५५ किलोमिटर, सडक विभागबाट १२ किलोमिटर र महानगरबाट १० किलोमिटर गरी जम्मा ४०।५५ किलोमिटर रिङरोड निर्माणाधीन अवस्थामा रहको उनले जानकारी दिए। 

पुलचोकदेखि गोन्द्राङसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्र्याक निर्माणको लागि रु एक अर्ब ९८ करोड ७३ लाखको लागतमा तीव्रगतिमा काम भइरहेको छ । साथै बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढिरहको उहाँको भनाइ छ । यसैगरी हुलाकी सडकको १९ किलोमिटर विस्तार एवं स्तरोन्नति र भरतपुर –मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किलोमिटर  सडक निर्माणाधीन अवस्थामा रहेको बताइएको छ । भरतपुर महानगरपालिका वडा नं ३ मा सार्वजनिक निजी साझेदारीविधि ९पिपिपि० मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजाको सम्झौता भई कार्य प्रारम्भ भएको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलन गर्न र यसमार्फत पर्यटकीय आर्थिक गतिवधिमा बढोत्तरी ल्याउन सिटी हल बनाउने कार्य अनुरुप महानगरपालिकाको पहल एवं सहरी विकास मन्त्रालयबाट रु एक अर्ब ८५ करोडको लागतमा सिटी हल निर्माण कार्य द्रुतगतिमा अघि बढेको प्रमुख दाहालले जनाकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय बसपार्कको स्तरोन्नति, शारदानगर, जखडिमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली र धनगढा खानेपानी आयोजना महानगरभित्रका महत्वपूर्ण आयोजना हुन । महानगरभित्र जनप्रतिनिधि आएसँगै रु चार अर्ब भन्दा बढीका खानेपानी आयोजना निर्माण सम्पन्न र निर्माणाधीन अवस्थामा रहेका छन् । 

भरतपुर महानगरपालिका–३ स्थित नगरवनको सानो मजुवामा करिब रु एक अर्ब ३५ करोडको लागत अनुमान रहेको अटोल्याण्ड निर्माणको प्रक्रिया अघि बढाइएको छ । महानगरपालिका– २१ र वडा नं २० मा लघु औद्योगिक ग्राम निर्माणको कार्य पनि अगाडि बढेको छ । नारायणी नदी किनारलाई सामुन्द्रिक तटीय मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरेर आर्थिक क्रियाकलापमा वृद्धि गर्ने प्रयोजनका लागि गुरुयोजना अनुसार रु २९ करोड लागतमध्ये महानगरपालिकाले रु ९७ लाखको लगानीमा एक किलोमिटर वाकिङ ट्रेल निर्माण कार्यसम्पन्न गरेको छ । 

त्यस्तै, अन्य कामको लागि पर्यटन विभागबाट रु सात करोडको बोलपत्र भई कार्य अघि बढेको महानगरपालिकाले जनाएको छ । महानगरका पर्यटकीय गन्तव्य जोड्ने गरी ६ रात ७ दिनको टुर प्याकेज घोषणा गरिएको छ । भरतपुर अस्पतालमा रु पाँच करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न बिरामी कुरुवा घर, भरतपुर–१४ को शिवनगर स्वास्थ्य केन्द्रमा एक्स–रे सेवासहित १५ शय्याको अस्पताल  र शारदानगर स्वास्थ्यचौकीमा १५ शय्या क्षमताको कोभिड अस्पताल स्थापना गरी सञ्चालन गरिएकोमा सोको क्षमता विस्तार गरी नगरस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गरिँदै छ । एक सय शय्याको आयुर्वेद अस्पताल स्थापनाका लागि प्रक्रिया अघि बढाएको छ ।

 महानगरले ३०० शय्याको शिक्षक अस्पताल यही निर्माणका लागि पहल थालेको छ । महानगरभित्र ४० वटा स्वास्थ्य संस्था स्थापना गरी सेवा प्रवाह गरिएको छ । फोहरमैलाको दिगो व्यवस्थापनका लागि कोरियन सरकारको सहयोगमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । रु एक अर्ब २५ करोड लागतमा यही पुस महिनाभित्र सम्झौतामार्फत वैज्ञानिक फोहर व्यवस्थापनको कार्य थालनी हुने प्रमुख दाहालले जानकारी दिइन् । 

महानगरपालिकाभित्र लक्ष्मीनारायण मन्दिर, पहँुच मार्गसहितको रानीपोखरी पार्क रु २५ करोड ५ लाख ९८ हजारमा ठेक्का सम्झौता भई काम अगाडि बढी सम्पन्न हुने चरणामा छ । साथै खुल्ला जिमखाना, हरियाली प्रवद्र्ध्नलगायतका वातावरण संरक्षण र सहरी सौन्दर्यीकरणको काम सघन रुपमा अघि बढेको महानगरपालिकाले जनाएको छ । त्यस्तै महानगरपालिकाभित्र स्मार्ट सडक बत्ती योजना तथा १९ किलोमिटर  भूमिगत विद्युत्लाइन विस्तारको कार्य नेपाल विद्युत् प्राधिकरण तथा महानगरपालिकाको साझेदारीमा अघि बढेको छ भने ३० किलोमटिर सडकमा स्मार्ट स्ट्रिट लाइट जडानको काम सुरु भएको छ । 

महानगरभित्र जनप्रतिनिधि आएसँगै १३ वटा वडा कार्यालय निर्माण सम्पन्न, ६ वटा वडा कार्यालयको तला थप गरिएको छ भने बाँकी सबै वडा कार्यालयको मर्मत र स्तरोन्नति गरी सेवा प्रवाहलाई प्रभावकारी तथा प्रविधियुक्त बनाइएको छ । महानगरपलिकाले अम्ब्रेला स्ट्रिट भ्यू प्वाइन्ट निर्माण गरी आन्तरिक पर्यटन प्रवद्र्धनको काम गरिरहेको छ । गोलाघाट र चौकी डाँडामा भ्यू टावर निर्माणको काम सुरु भएको छ । देवघाटमा रु नौ करोड ९० लाखको लागतमा अत्याधुनिक शवदाहगृह निर्माणाधीन अवस्थामा छ । 

महानगरपालिकाको पहलमा धुर्मुश–सुन्तली फाउण्डेसनले यहाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गरेकामा हाल काम रोकिएको छ । यसलाई सम्पन्न गर्न महानगरले अग्रसरता लिएर सङ्घ र प्रदेश सरकारसँग  छलफल भइरहेको प्रमुख दाहालको भनाइ छ । महानगरकै अगुवाइमा छलफलपछि भरतपुर विमानस्थल विस्तारको प्रक्रिया अघि बढेको छ ।

 महानगरले भरतपुर अस्पतालमा महिला ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई निःशुल्क ओपिडि टिकटको व्यवस्था, सुत्केरी हुने महिलाका लागि दूरीका आधारमा बढीमा रु दुई हजार पाउने गरी एम्बुलेन्सखर्च प्रदान गर्दै आएको छ । कोभिड– १९ विरुद्ध करिब चार लाख डोज खोप लगाइसकिएको महानगरपालिकाले जनाएको छ । किसानलाई दूधमा प्रतिलिट रु तीन रुपैया अनुदान दिइएको छ । महानगरभित्र एक वडा एक पशुसेवा प्राविधिकको व्यवस्था गरिएको छ । यसै अवधिमा ३५० वटा साना सिँचाइ र २१ वटा मझौला सिँचाइ आयोजना सम्पन्न गरी ४५५ बिघ क्षेत्रफललाई सिञ्चित गरिएको छ । किसानलाई ट्र्याक्टर, बीउ प्रशोधन मेसिन, धान रोप्ने मेसिन, कम्वाइन हारवेस्टर वितरण

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङमा ५१ प्रतिशत मतदान

घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा  ...

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।  आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...

ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो

फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...

मतपेटिका लुटिएपछि दोलखाको तामाकोशी–४ मा मतदान स्थगित

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता, नेपालीको हेरचाहप्रति कृतज्ञ छु

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...

भद्रकाली मतदान केन्द्रमा मतदान गर्दै नेपाली सेना

काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...

बाँकेमा ५० प्रतिशत मतदान

नेपालगन्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले दिएको जानक...

दिउँसो ३ बजेसम्म देशभर ७६ लाख मत खस्यो

काठमाडौं । बिहीबार दिउँसो ३ बजेसम्म देशभर करिब ७६ लाख मत खसेको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमा उक्त संख्यामा मत खसेको निर्वाचन आयोगले जनाएको छ। ब...

झापा ५ मा दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मत खस्यो

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहानदेखि नै मतदाताको उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE