Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

सुन्दरीजलबाट पशुपति क्षेत्रसम्मको वाग्मतीको पानी अध्ययन

खबरडबली संवाददाता

काठमाडौं । वाग्मतीको मुहानस्थलबाट पशुपति क्षेत्रसम्मको नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले अध्ययन सुरु भएको छ ।
 
वाग्मती नदीको सुन्दरीजलबाट पशुपति क्षेत्रसम्मको भागमा ढल मिसिएका स्थानको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले संयुक्त रुपमा अध्ययन सुरु गरेको हो । ढल मिसिएका दुई दर्जनस्थानको पानीको गुणस्तर परीक्षण गरिएको छ ।
 
परीक्षणका क्रममा ढल मिसिएको ८० देखि १०० मिटरसम्म पानी बिग्रिएको र त्यसपछि बहने क्रममा गुणस्तर शुद्ध भएको अधिकार सम्पन्न वाग्मती समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए । वाग्मतीको मुहान क्षेत्रकै पानीमा धमिलोपन बढी देखिएको अध्ययन कार्यदलले जनाएको छ ।   
 
“मुहान क्षेत्रको गोकर्णमाथि नै चारवटा वासिङ सेन्टर र क्रसरसमेत सञ्चालनमा रहेछन्, ती कम्पनीलाई पनि पत्राचार गरिएको छ, ढल व्यवस्थापन गरेर स्वच्छ पानी बगाउनुपर्छ, गलैँचा एवं विभिन्न उद्योगबाट फोहर पानी आउनेक्रम पनि नरोकिएको भेटिएकाले उद्योग मन्त्रालयसँग समन्वय गरेर कदम चाल्नेछौँ”, उनलेृ । 

उत्तरवाहिनी क्षेत्रमा गाई फार्मबाट आएको फोहरले पनि वाग्मती प्रदूषित भएको अध्ययन कार्यदलले फेला पारेको छ । कुकुरलगायत मृत जनावर पनि नदीमा भेटिएको समितिले जनाएको छ ।  नदी किनारमा कानुन विपरीत काम गर्नेलाई दण्डजरिवाना गर्नेयारी पनि समितिले गरेको छ । पशुपति क्षेत्रसम्मको पानीको गुणस्तर सुधार गर्न ढल हालिएका स्थानको अध्ययन गरिएको हो । 

पशुपति क्षेत्रसम्मको नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले २७ वर्षअघि अधिकार सम्पन्न वाग्मती समितिको स्थापना गरिएको थियो । अध्ययन र पानीको गुणस्तर परीक्षणलाई मनोहरा नदी दोभानसम्म लैजान तयारी भएको छ । मुहान क्षेत्रकै वाग्मती प्रदूषित हुन थालेपछि गोकर्णमा प्रशोधन केन्द्र निर्माणका लागि ठेक्कासमेत भएको छ । गोकर्णमा वाग्मती, सूर्यमती र चन्द्रमतीको पानी प्रशोधन गरिने छ ।
 
वाग्मती सफाइ अभियानकर्मी ईश्वर पुडासैनीले ज्यालादारीमा सफाइ गरेर वाग्मतीमा स्वच्छ पानी बगाउन नसकिने बताउनुभयो । स्वयंसेवी अभियानलाई नै निरन्तरता दिनुपर्नेमा अधिकार सम्पन्न वाग्मतीले कार्यकर्ता भर्ती गरेर सफाइ अभियानलाई बदनाम गर्न खोजेको उहाँको आरोप छ । 

 मुहान क्षेत्रकै गुह्येश्वरीमाथिको वाग्मतीमा फोहर थुपार्ने र जलाउने काम भइरहेकामा स्थानीय सरकार र अधिकार सम्पन्न वाग्मती चुप लाग्ने गरेको स्थानीयवासीको गुनासो छ । सरकारी निकायले नै वाग्मती र यसका सहायक नदी ढल हाल्दा पनि अधिकार सम्पन्न वाग्मतीले पत्राचारसमेत नगरेकामा अभियानकर्मी पुडासैनीले दुःख व्यक्त गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending