Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

बिहीबारदेखि हिमपहिरामा पुरिएका छन्त्याल अझै भेटिएनन्

खबरडबली संवाददाता

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरामा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् । जिल्लाकै अति विकट मानिने गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण गत बिहीबार दिउँसो हिउँपहिरामा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको अवस्था अझैसम्म पनि थाहा हुन नसकेको हो । 

गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भने, ‘खोजीकार्य जारी छ, हिउँ नपग्लिएकाले बेपत्ता भएको स्थानमा खोज्न समस्या भइरहेको छ।’

एक्कासी भारी हिमपातपछि भेडीगोठमा जानेक्रममा छन्त्याल चिप्लिएर खोंचमा लडेपछि अन्य साथीहरूले उद्धारको प्रयास गरे पनि हिउँमा पुरिएकाले प्रयास सफल हुन सकेन । सोमबार बिहानदेखि ४० स्थानीयवासीले छन्त्याल बेपत्ता भएको स्थान आसपासका क्षेत्रमा खोजी गरेका थिए ।

दैनिक स्थानीयवासीले समूह बनाएर बेपत्ता छन्त्यालको खोजीमा जुटेका छन् । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसिरहेको अवस्थामा उनीहरूको उद्धार गरिएको वडाध्यक्ष छन्त्यालले जानकारी दिए। उनीहरू अहिले भेडीगोठमा नै रहेका छन् । भेडाको बथानसहित गोठमा रहेकाले अनुकूल मौसम भएपछि फर्किने गोठमा रहेका बुद्धि छन्त्यालको भनाइ उद्धृत गर्दै वडाध्यक्ष छन्त्यालले बताए। 

समुद्र सतहबाट तीन हजार २२० मिटर उचाइमा अवस्थित गुर्जा जोड्ने पदमार्गसमेत हिउँले छोपेको छ । हाल मोबाइल र इन्टरनेटसेवा सञ्चालन भएकाले स्थानीयवासीलाई सम्पर्कमा सहज भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मूल्य नेपालमा कसरी निर्धारण हुन्छ, अन्तभन्दा किन फरक हुन्छ ?

काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको मूल्य कीर्तिमान स्तरमा बढेर अहिले ओरालो लाग्न सुरु भएको व्यवसायीहरूले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महा...

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’। सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरह...

व्यक्तिगत डाटा संरक्षणका लागि कानुन नहुँदा चोरीका घटना बढ्दै

काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपालमा नागरिकका विवरणलाई बैंकिङ, सामाजिक सुरक्षा, बिमा र सरकारी सेवासँग जोड्दै ‘डिजिटल इकोसिस्टम’ निर्माण गर्ने क्रम बढे...

भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन, मोबाइलमै आउनेछ रिपोर्ट

भक्तपुर । बागमती प्रदेश सरकारले भक्तपुरको सूर्यविनायकमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ। २०७५ सालदेखि काभ्रेको धु...

ओली-कांग्रेससँग समीकरण हुँदैन, रवि लामिछानेसँग संवादमा छु : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेकपा एमाले वा नेपाली कांग्रेससँग कुनै पनि प्रकारको चुनावी सम...

रुपन्देहीमा विद्यार्थी सवार बस दुर्घटना, १० भन्दा बढी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये केहीको अ...

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक : लक्ष्यभन्दा पाँच महिनाअघि नै सकियो

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्...

अफ्रिकन स्वाइन फिभरका लक्षण देखिएका बङ्गुर मरेपछि किसान चिन्तित

तनहुँ । यहाँको ऋषिङ गाउँपालिका वडा नम्बर ७ मा अफ्रिकन स्वाइन फिभर भाइरसका लक्षणसहित एक किसानका पाँच वटा बङ्गुर मरेका छन् । स्थानीय ऋषिराम थापाले पा...

सिँचाइ सुविधा पुगेपछि व्यावसायिक तरकारी खेतीमा रमाउँदै श्यामशिलाका किसान

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसानहरु सिँचाइ सुविधा विस्तार भएसँगै व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । गाउँमा...

बाजुराका १८ सय किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने

बाजुरा । बाजुरामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार राष्ट्रिय खोप कार्यक्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE