काठमाडौं । स्वास्थ्यसेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भित्रन नदिन पूर्व तयारी गर्न सात बुँदे निर्देशन जारी गरेको छ ।
महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सातवटै स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला स्वास्थ्य कार्यायल र ७५३ वटै स्थानीय तहलाई ओमिक्रोन भेरियन्टको सङ्क्रमण भित्रन नदिन प्रभावकारी उपाय अपाउन आग्रह गर्दै सात बुँदे निर्देशन जारी गरेको हो ।
उनले ओमिक्रोन भेरियन्ट सङ्क्रामक रहेकाले नेपालमा भित्रन नदिनका लागि सबै निकाय अझ सतर्क र पूर्व तयारीका साथ लाग्नुपर्ने बताए ।
नेपालमा तीन जनामा ओमिक्रोन भेरियन्ट देखिएको पुष्टि भएको छ । महाशाखाले जनस्वास्थ्य मापदण्डको पूर्णपालना गरी भीडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने तथा हात धुने गर्न र गराउन अनुरोध गरेको छ । यस्तै समुदायमा जोखिम क्षेत्र (हटस्पट) पत्ता लगाइ एन्टिजेन किटद्वारा परीक्षण गर्र्न, पहिचान भएका कोभिड–१९ का सङ्क्रमितलाई उचित व्यवस्थापन गर्न, नजिकैका सम्पर्कको पहिचान गरी क्वारेन्टिन तथा कोरोना परीक्षण गर्न समेत निर्देशनमा भनिएको छ ।
यस्तै सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान तथा कोभिड–१९ विरुद्धको खोपको प्रयोगमा वृद्धि गर्न र घरमै आइसोलेशनमा रहेका वा क्वारेन्टिनमा रहेका व्यक्तिको ‘फलोअप’ एवं मापदण्ड पालनाको निगरानी गर्नसमेत भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८१ - १३:३३
त्रिवेणी । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्यु हुने...
मंसिर २६ गते, २०८१ - १३:२३
पाँचथर। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेको छन् । तेह्रथुमको आठराई ...
मंसिर २६ गते, २०८१ - १३:१६
बैंगलोर। एक जना एआई इन्जिनियरले अनौठो कारणले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । खासमा ३४ वर्षीय अतुल सुभाषले आफ्नी श्रीमती र सासुले पैसाको लाग...
मंसिर २६ गते, २०८१ - १२:४०
धनगढी। कैलालीमा भएको सवारी दुर्घटनामा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख कमलेश चौधरी र हास्य कलाकार हिक्मत महराको निधन भएको छ । छुट्टाछुट्टै ठाउँमा भ...
मंसिर २६ गते, २०८१ - १२:१३
हैदाराबाद। कतिपय चलचित्र बन्न समय लाग्छ । तर जब उनी स्क्रिनमा देखा पर्छिन्, उनले पुराना सबै पश्चातापहरू हटाइन्। यस्तै एउटा सत्य कथामा आधारित चलचित्र छ...
मंसिर २६ गते, २०८१ - ११:५७
काठमाडौं । सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) मा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा...
मंसिर २६ गते, २०८१ - ११:४८
पर्सा। पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प...
मंसिर २६ गते, २०८१ - ११:२९
कतार। कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने भएको छ। हाल बेलायतको भ्रमणमा रहेका कतारका अमिर एमीर अल थानीले सो लडाकु बिमान किन्ने घोषणा गर...
मंसिर २६ गते, २०८१ - १०:५३
काठमाडौँ। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि जनकपुर बोल्ट्सलाई एक सय २४ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि मैदान कीर्...
मंसिर २६ गते, २०८१ - १०:४०
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले जित निकालेको छ। बुधबार बिहान भएको खेलमा म्याड्रिडले एटलान्टालाई...
प्रतिकृया लेख्नुहोस्: