काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन पुस ११ गतेदेखि काठमाडौंमा जारी छ। तीन दिनको लागि तय भएको महाधिवेशन लम्बिएर एकताको पुग्दा समेत खर्चमा आकार धेरै नबढ्ने भएको छ।
करिब एक करोड रुपियाँको लाग्ने पूर्वानुमान गरिए पनि सो बराबरीको रकम खर्च नहुने महाधिवेशनको व्यवस्थापनका जिम्मा पाएका नेता जगत सिंखडा बताउँछन्।
उनी भन्छन्, ‘महाधिवेशनमा सहभागी हुनुभएको १७ सय ४२ प्रतिनिधिहरुले बिहान र बेलुकाको खाना र बसोबासको व्यवस्था सम्बन्धित जिल्ला र प्रदेशबाट नै व्यवस्थापन हुने हुँदा रकम बढ्दैन।’
कमलादीस्थितको प्रज्ञा भवनको हल आइतबारसम्म बुकिङ गरिएको उनले बताए । महाधिवेशनका लागि एक, दुई दिन थप समय लागेता पनि कार्यक्रमस्थल खर्च र खाजा खर्च मात्रै बढेको उनको भनाइ छ।
उनले भने, ‘दिनमा एक पटकको खाजा खर्च मात्रै हो। महाधिवेशन प्रतिनिधिका लागि ३५० का दरले खाजा खर्च करिब १५ लाख हाराहारीमा लाग्छ। एक करोड खर्च लाग्दैन किनकि, हामीले महाधिवेशनलाई बैचारिक बहसमा केन्द्रित गर्यौं । अन्य दलहरुको जस्तो होइन, अनावश्यक तडकभडक गरेनौं।’
महाधिवेशन खर्च ५० लाखभन्दा केही मात्रै बढी हुने उनको आकलन छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र स्थायी समिती सदस्य देव गुरुङले प्रस्तुत गरेको विधान पारित गरेसँगै सर्वसम्मत रुपमा नेतृत्व चयन गरेर महाधिवेशन सक्ने तयारी छ।
केन्द्रीय सदस्यमा सहमति जुटाउन समस्या पर्दा निर्वाचन प्रक्रिया सुरु गरिएको छ। यद्यपी, अध्यक्ष प्रचण्डसहित शिर्ष नेताहरु अझै सर्वसम्मत पदाधिकारीसहित केन्द्रीय सदस्य टुंग्याउने कसरतमा लागिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: