काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन पुस ११ गतेदेखि काठमाडौंमा जारी छ। तीन दिनको लागि तय भएको महाधिवेशन लम्बिएर एकताको पुग्दा समेत खर्चमा आकार धेरै नबढ्ने भएको छ।
करिब एक करोड रुपियाँको लाग्ने पूर्वानुमान गरिए पनि सो बराबरीको रकम खर्च नहुने महाधिवेशनको व्यवस्थापनका जिम्मा पाएका नेता जगत सिंखडा बताउँछन्।
उनी भन्छन्, ‘महाधिवेशनमा सहभागी हुनुभएको १७ सय ४२ प्रतिनिधिहरुले बिहान र बेलुकाको खाना र बसोबासको व्यवस्था सम्बन्धित जिल्ला र प्रदेशबाट नै व्यवस्थापन हुने हुँदा रकम बढ्दैन।’
कमलादीस्थितको प्रज्ञा भवनको हल आइतबारसम्म बुकिङ गरिएको उनले बताए । महाधिवेशनका लागि एक, दुई दिन थप समय लागेता पनि कार्यक्रमस्थल खर्च र खाजा खर्च मात्रै बढेको उनको भनाइ छ।
उनले भने, ‘दिनमा एक पटकको खाजा खर्च मात्रै हो। महाधिवेशन प्रतिनिधिका लागि ३५० का दरले खाजा खर्च करिब १५ लाख हाराहारीमा लाग्छ। एक करोड खर्च लाग्दैन किनकि, हामीले महाधिवेशनलाई बैचारिक बहसमा केन्द्रित गर्यौं । अन्य दलहरुको जस्तो होइन, अनावश्यक तडकभडक गरेनौं।’
महाधिवेशन खर्च ५० लाखभन्दा केही मात्रै बढी हुने उनको आकलन छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र स्थायी समिती सदस्य देव गुरुङले प्रस्तुत गरेको विधान पारित गरेसँगै सर्वसम्मत रुपमा नेतृत्व चयन गरेर महाधिवेशन सक्ने तयारी छ।
केन्द्रीय सदस्यमा सहमति जुटाउन समस्या पर्दा निर्वाचन प्रक्रिया सुरु गरिएको छ। यद्यपी, अध्यक्ष प्रचण्डसहित शिर्ष नेताहरु अझै सर्वसम्मत पदाधिकारीसहित केन्द्रीय सदस्य टुंग्याउने कसरतमा लागिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...
माघ १७ गते, २०८२ - ०७:०९
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्...
माघ १७ गते, २०८२ - ०७:०६
काठमाडौँ । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मना...
माघ १६ गते, २०८२ - ०८:४०
काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...
माघ १६ गते, २०८२ - ०८:३१
तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...
माघ १६ गते, २०८२ - ०८:२५
चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...
माघ १६ गते, २०८२ - ०७:५०
मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...
माघ १६ गते, २०८२ - ०७:४६
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...
माघ १६ गते, २०८२ - ०७:४१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...




प्रतिकृया लेख्नुहोस्: