पाँच महिनामा ८४४ हिंसाका घटना, सबैभन्दा बढी ५६ प्रतिशत घरेलु हिंसा
काठमाडौं । पछिल्लो पाँच महिनामा ८४४ महिला तथा बालिका हिंसाका घटनाबाट पीडित भएका छन् । महिला पुनःस्थापना केन्द्र ९ओरेक०ले संस्थामा आएका र मिडियामा आएको घटनाका आधारमा सबैभन्दा बढी ५६ प्रतिशत घरेलु हिंसा भएको पाइएको हो ।
सो अवधिमा ४७५ घरेलु हिंसाका घटना भएको थियो । १५२ बलात्कार, ७५ सामाजिक हिंसा र ५३ हत्याको घटना भएको थियो । यही अवधिमा ३७ यौन दुव्र्यवहार, सात अलपत्र अवस्थामा फेला परेको, सात साइबर अपराध र ११ बलात्कारको प्रयास भएको थियो ।
घरेलु हिंसाका घटनामध्ये पनि २१६ घटनामा खान लाउन नदिइएको, १३७ शारीरिक हिंसा र १२२ मानसिक हिंसा रहेको छ । तथ्याङ्कको विश्लेषण गर्दा प्रभावित महिलामध्ये ३६५ श्रीमान्, ११९ परिवारका अरु सदस्य रहेकाले सबैभन्दा बढी महिला परिवारभित्रै असुरक्षित रहेको संस्थाले जनाएको छ । प्रभावितहरूको उमेरका आधारमा हेर्दा सबैभन्दा बढी २०९ जना २६ देखि ३५ वर्षसम्म उमेर समूहका महिला प्रभावित भएको पाइएको छ । १७ वर्षदेखि २५ वर्षसम्ममा १४७ जना पीडित, ३६ वर्षदेखि ४५ वर्षसम्मको उमेर समूहमा ६९ जना प्रभावित पाइएको छ ।
घरेलु हिंसामा आरोपितमध्ये सबैभन्दा बढी २६ वर्षदेखि ३५ वर्षसम्म उमेर समूह रहेको पाइएको छ । यो उमेर समूहका २०९, १७ देखि २५ वर्षसम्म उमेर समूहका १४७ तथा ३६ वर्षदेखि ४५ वर्षसम्म ६९ जना महिला पीडित भएका छन् । हिंसाका घटनामा आरोपितमध्ये सबैभन्दा २६ देखि ३५ वर्षसम्मको उमेर समूहका १५८ जना रहेका छन् ।
महिलाहरू सबैभन्दा बढी घरभित्रै असुरक्षित रहेको तथ्याङ्कले देखाएको संस्थाले जनाएको छ । हिंसाका घटनामा पीडित र प्रभावित दुवै युवा छन् । यसले देश विकासमा बाधा पुगेको भन्दै हिंसा अन्त्यका लागि त्यसको कारणको खोजी गर्दै समाधानको उपायसहित अघि बढ्न भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...
आषाढ़ १४ गते, २०८३ - १४:२९
काठमाडौँ। प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् ...
आषाढ़ १४ गते, २०८३ - १४:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...
आषाढ़ १४ गते, २०८३ - १४:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...
आषाढ़ १४ गते, २०८३ - १४:०९
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षामा प्रस्ताव गरिएको समता करले गरिब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने बताएको छन् । आइतबार प्रत...
आषाढ़ १४ गते, २०८३ - १३:५४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पूँजीगत खर्चको कमजोर अवस्थालाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चालु आर...



प्रतिकृया लेख्नुहोस्: