काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट नागरिकको जीउधनको सुरक्षा गर्नु सबैको दायित्व भएको बताएका छन्। गृहमन्त्रालयमा आज भएको २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति बैठकमा उहाँले सबै नागरिकमा एक दिनमात्र होइन, हरेक दिन भूकम्पसम्बन्धी सजगता दिलाउन आवश्यक रहेको धारणा व्यक्त गरे। गृहमन्त्री खाँणले भने, “भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औँ स्थानमा पर्छ, पछिल्लो भूकम्पले सबैलाई सजग तुल्याएको छ, ठूलो जनधनको क्षति भयो । भूकम्पपछिको पुनःनिर्माणका काम अझै भइरहेका छन् ।”
सरकारले २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह माघ २ गते ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्ने भएको छ । भूकम्पबाट जनधनको क्षति कम गर्न जारी भएको पूर्वाधार निर्माणमा आचारसंहिताको पूर्णपालना गरिनुपर्नेमा जोड दिँदै उनले दिवसलाई औपचारिकतामा सीमित नतुल्याई नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गर्न सक्नुपर्छ भने ।
विसं १९९० माघ २ गते महाभूकम्पबाट भएको क्षति र सम्झनास्वरुप विसं २०५५ देखि हरेक वर्ष सोही दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । बैठकले २४ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउन नागरिक समाज, संयुक्त राष्ट्रसङ्घीय निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र समुदायलाई आह्वान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २६ गते, २०८१ - १६:३०
कैलाली । कैलालीको गौरीगंगा नगरपालिका-११ कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्...
कार्तिक २६ गते, २०८१ - १५:५७
धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन् । नेपालको थ...
कार्तिक २६ गते, २०८१ - १५:५०
काठमाडौँ । सोमबार नेप्से परिसूचक २२ अंकले बढेको छ । आज नेप्से २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा बन्द भएको छ । आज कुल ३०२ कम्पनीका २ करोड ४५ लाख ५७ ...
कार्तिक २५ गते, २०८१ - १६:४८
काठमाडौं । मानव तस्करीमा जोडिएका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। आइतबार अपराह...
कार्तिक २५ गते, २०८१ - १६:३३
सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पलाँता गाउँपालिकामा जिप दुर्घटना भएको हो । मृतकको नाम र पहिचान...
कार्तिक २५ गते, २०८१ - १६:२६
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले महँगो हवाइ भाडाको विरोध प्रदर्शन गरेका छन् । आइतबार सांसद बजगाईँले माइतीघ...
कार्तिक २५ गते, २०८१ - १६:१२
कास्की । सहकारी ठगी र संगठित अपराध आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अ...
कार्तिक २५ गते, २०८१ - १५:५३
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ । आइतबार विराटनगरस...
कार्तिक २५ गते, २०८१ - १५:४३
काठमाडौँ । आइतबार नेप्से परिसूचक ६२ अंकले बढेको छ । आज नेप्से ६२.५४ अंकले बढेर २७३८.०६ विन्दुमा बन्द भएको छ । आज कुल ३२५ कम्पनीका २ करोड २४ लाख ७४ ...
कार्तिक २५ गते, २०८१ - १५:३१
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै भएको बताएका छन् । ...
प्रतिकृया लेख्नुहोस्: