काठमाडौं । जडबुटीको भरपुर उपयोग गरी अर्थतन्त्रलाई सवल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ । विसं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा पहिलो पटक नाफा कमाउन र सो नाफाबाट कामदार तथा कर्मचारीलाई बोनससमेत बाड्न सफल भएको हो ।
कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा कम्पनीले विगतको कार्य प्रणाली, उत्पादन, बिक्रीलगायत अन्य क्षेत्रमा गरेको सुधार एवं आधुनिकीकरणबाट हालको अवस्थामा आइपुगेको र यसले आगामी दिनमासमेत नाफा बढाउनाका साथै अंशियारलाई लाभांश तथा कर्मचारीलाई बोनस बाढ्न सक्ने अवस्थामा पुग्ने बताएको छ । कम्पनीले आव २०७६÷०७७ मा खुद नाफाबाट रु सात लाख बराबरको बोनस कामदार तथा कर्मचारीलाई वितरण गरेको थियो ।
न्यून जनशक्ति र साधन तथा स्रोतलाई अधिकतम उपयोग गर्दै लोकप्रिय उत्पादन ‘सञ्चो’लगायत अन्य उत्पादनका सामग्रीको बिक्री प्रणालीमा गरिएको सुधारका कारण कम्पनी सवल बन्दै गएको बताइएको छ । नियमित लेखापरीक्षण, प्रविधिको प्रयोग तथा वितरण प्रणालीमा गरिएको सुधारले कम्पनीको क्षमता विस्तार भएको र बजारमा राम्रो प्रदर्शनी गरिएको जनाइएको छ ।
“नियमित लेखापरीक्षण गरी सोको प्रतिवेदन समयमै महालेखा परीक्षकको कार्यालयमा पेश गरिएको, लेखा प्रणालीलाई सुधार गरी सफ्टवेर निर्माण गरिएको, विगत २८ वर्षदेखि हुन नसकेको साधारणसभा सम्पन्न भएको र प्रत्येक वर्ष नियमित साधारणसभा समयमै सम्पन्न गरिएकाले स्थापनाको पुरानो शेयर संरचनालाई सुधार तथा परिमार्जन गर्ने दिशामा कम्पनी अग्रसर छ”, विज्ञप्तिमा उल्लेख छ ।
सरकारी निकायमात्र शेयर सदस्य रहेको कम्पनीले आफ्नो शेयर संरचनामा सुधार र परिमार्जन गरी पूँजी वृद्धिका लागी सार्वसाधारणलाई शेयर निष्काशन गर्ने तयारी गरेको छ ।
उक्त कम्पनीमा हाल नेपाल सरकारका साथै नेपाल औषधि लिमिटेड, वन पैदावर विकास समिति र कृषि विकास बैंक शेयर सदस्यका रूपमा रहेका छन् ।
सरकारको औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये यही कम्पनी नै नाफामा रहेको एकमात्र संस्था हो । अर्थ मन्त्रालयले प्रकाशन गरेको २०७८ को सार्वजनिक संस्थानको वार्षिक समीक्षा प्रतिवेदनमा पनि यस कम्पनीले आव २०७७÷७८ मा रु एक करोड २२ लाख खुद नाफा गरेको विज्ञप्तिमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - १७:०५
काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...
श्रावण १८ गते, २०८३ - १६:५६
काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...
श्रावण १८ गते, २०८३ - १६:४८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...
श्रावण १८ गते, २०८३ - १६:४२
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...
श्रावण १८ गते, २०८३ - १६:०७
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...
श्रावण १८ गते, २०८३ - १५:४५
काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...
श्रावण १८ गते, २०८३ - १५:१५
काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...
श्रावण १८ गते, २०८३ - १५:०६
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...
श्रावण १८ गते, २०८३ - १४:४७
काठमाडौं । तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टरा...
श्रावण १८ गते, २०८३ - १४:३५
काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको सुधारका लागि आमरण अनशनमा बसेकी नर्स ज्योति रा...



प्रतिकृया लेख्नुहोस्: