Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

पाँच महिनामा वैदेशिक व्यापार ६३ प्रतिशतले वृद्धि

खबरडबली संवाददाता
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको पाँच महिनामा रु पाँच खर्ब ७५ अर्ब रहेको मुलुुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा रु नौ खर्ब ४१ अर्ब पुगेको छ ।
 
भन्सार विभागद्वारा आज यहाँ जारी पछिल्लो तथ्याङ्कानुसार गत आवका तुलनामा आयात ५९ दशमलव ५५ प्रतिशतले बढेको छ ।  गत आवको पहिलो पाँच महिनामा रु पाँच खर्ब २५ अर्ब मूल्य बराबरको आयात भएकामा चालू आवको मङ्सिर मसान्तसम्म रु आठ खर्ब ३८ अर्ब पुगेको छ । त्यस्तै गत आवको पहिलो पाँच महिनाका तुलनामा चालू आवको निर्यात १०५ दशमलव ६१ प्रतिशतले बढेको छ । गत आवको मङ्सिर मसान्तसम्म रु ५० अर्ब पाँच करोड बराबरको निर्यात भएकामा चालू आवको समीक्षा अवधिमा रु एक खर्ब दुई अर्ब बराबरकोे निर्यात भएको छ ।
 
विभागकाअनुसार चालू आवको पहिलो पाँच महिनासम्मको अवधिमा वैदेशिक व्यापारमा वृद्धि भए तापनि मुलुकको व्यापार घाटा भने अघिल्लो आवको तुलनामा ५४ दशमलव ७ प्रतिशतले बढेर रु सात खर्ब ३५ अर्ब पुगेको छ । गत आवको पहिलो पाँच महिनामा व्यापार घाटा रु चार खर्ब ७५ अर्ब थियो । 
 
मुलुकको कूल वैदेशिक व्यापारमा गत आवको पहिलो पाँच महिनासम्म आयातको हिस्सा ९१ दशमलव तीन प्रतिशत रहेकामा यस्तो हिस्सा दुई दशमलव ४५ प्रतिशतले घटेर चालू आवमा ८९ दशमलव ०७ प्रतिशतमा आएको छ । 
 
त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २५ दशमलव ७२ प्रतिशतले बढेर १० दशमलव ९३ प्रतिशत पुगेको छ । यस्तो हिस्सा अघिल्लो आवको पहिलो पाँच महिनामा आठ दशमलव सात प्रतिशत थियो ।
 
चालू आवको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको विभागले जनाएको छ । चालू आवको मङ्सिर महिनासम्म रु ४९ अर्ब दुई करोड बराबरको डिजेल आयात भएको देखिन्छ । 
 
त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रामा छ । नेपालमा व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनःनिर्यात गर्दै आएका छन् । चालू आवको पहिलो पाँच महिनामा रु ३३ अर्ब ६६ करोड मूल्य बराबरको करिब ९८ करोड लिटरभन्दा बढी भटमासको तेल आयात भएकोे देखिन्छ । त्यस्तै पाम आयल रु २४ अर्ब ६१ करोड, पेट्रोल रु २४ अर्ब १० करोड र एलपी ग्यास रु २३ अर्ब ११ करोड तथा टेलिफोन रु २० अर्ब ३५ करोडको आयात भएको विभागले जनाएको छ । 
 
त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कानुसार स्वदेशबाट रु ३० अर्ब ५५ करोड बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेत जस्तै पाम तेल पनि कच्चापदार्थ आयात गरी प्रशोधनपश्चात् निर्यात हुने गरेको छ । सार्वजनिक विवरणानुसार चालू आवको पहिलो पाँच महिनासम्म रु २७ अर्ब ४२ करोड मूल्य बराबरको पाम तेल निर्यात भएको छ । 
 
त्यस्तै रु तीन अर्ब ७३ करोड बराबरकोे गलैँचा तथा रु दुई अर्ब ६५ करोड मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्क छ । सार्वजनिक तथ्याङ्कानुसार चालू आवको पहिलो पाँच महिनामा नेपालले भारतबाट करिब पाँच खर्ब तीन करोड मूल्य बराबरका वस्तु आयात गरेको देखिन्छ भने रु ८४ अर्ब १५ करोड मूल्य बराबरको वस्तु निर्यात गरेको छ । 
 
सोअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै रु चार खर्ब १५ अर्बभन्दा धेरै रहेको देखिन्छ । त्यस्तै नेपालले चीनबाट रु एक खर्ब २२ अर्ब मूल्य बराबरका वस्तु आयात गरेकामा रु ३८ करोड १६ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।
 
विभागको विवरणानुसार सबैभन्दा धेरै वीरगञ्ज नाकाबाट रु दुई खर्ब ९० अर्बभन्दा बढी मूल्य बराबरको आयात भएको छ । त्यस्तै भैरहवा नाकाबाट रु एक खर्ब ३६ र त्रिभुवन विमानस्थल नाकाबाट रु एक खर्ब पाँच अर्बभन्दा बढी मूल्य बराबरका वस्तु आयात भएको देखिन्छ । नेपालले वीरगञ्ज भन्सारबाट रु ४९ अर्ब ४१ करोड, विराटनगर भन्सारबाट रु २८ अर्ब ५६ करोड तथा त्रिभुवन विमानस्थल नाकाबाट रु १४ अर्ब ४१ करोडभन्दा बढी मूल्य बराबरका वस्तु विदेश निर्यात गरेको छ । 
 
 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending