काठमाडौं । पर्यटन प्रवद्र्धनसंगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ । सेलिब्रेटी नेपालले माघको अन्तिम साता ३ दिनको चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो ।
महोत्सव कहाँ हुने भन्नेबारे केहीदिनमा जानकारी दिईने जनाईएको छ । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र (सर्ट फिल्म), डकुमेन्ट्री र फिचर चलचित्रलाई सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकहरुसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।
उनले महोत्सवमा विभिन्न भाषाभाषीकासँगै मोबाइलबाट खिचिएका चलचित्रहरु समेत समावेश गर्न सकिने बताए । चलचित्र स्क्रिनिङसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता चलचित्र बनाउने र कस्ता चलचित्रले दर्शकको साथ पाउनेछ भन्ने बिषयमा अन्तरक्र्रिया तथा वर्कसपको आयोजना समेत गरिनेछ ।
चलचित्र अत्याधुनिक एलइडी स्क्रिन र अत्याधुनिक साउण्ड सिस्टममा प्रदर्शन गरिने छ । प्रदर्शन गरिएका चलचित्रसँग सम्बन्धित चलचित्रकर्मी तथा आम दर्शकबीच अन्तरकृया गरिने, गाउँले परिवेशमा चलचित्र बनाउने बिषयमा वर्कशप तथा मास्टर क्लास हुने, चलचित्रकर्मीहरुको बीचमा ग्रामीण चलचित्रको कथा तथा मौलिक चलचित्र निर्माण सम्बन्धी अन्तरक्र्रिया हुने, उत्कृस्ट चलचित्रलाई जुरी टिमको निर्णय अनुसार अवार्ड वितरण गरिने आयोजक संस्था सेलिब्रेटी नेपालले जानकारी दिएको छ ।
कार्यक्रम गरिने क्षेत्रको साँस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुति समेत रहने जनाईएको छ । नेपाली मौलिक चलचित्र, चलचित्रकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसा तथा प्रवद्र्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका चलचित्रहरुलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु महोत्सवको मुख्य उद्धेश्य रहेको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बताए ।
त्यस्तै, नेपाली मौलिक तथा गाउँघरमा रहेका बिकृति विसंगति तथा त्यहाँको कला संस्कृतिको बिषयमा चलचित्र निर्माण गर्न प्रोत्साहन गर्ने, चलचित्र क्षेत्रमा लागेर आफ्नो भबिष्य बनाउन चाहने नयाँ बिद्यार्थीहरुलाई नेपालीपन र नेपालीमनको चलचित्र बनाउने बिषयको ज्ञान दिने पनि महोत्सवको उद्धेश्य हुने सापकोटा बताउँछन् ।
‘नेपाल प्राकृतिक रुपमा सुन्दर र विविध कला संस्कृतिले भरिएको देश हो’ सापकोटाले भने, ‘यहाँको सुन्दरता र कला देशमा मात्र नभई विदेशमा समेत पुर्याउने र यो महोत्सवलाई यस पटक राष्ट्रिय रुपमा आयोजना गरेपनि आगामी बर्षहरुमा अन्तर्राष्ट्रिय बनाउँदै लगिने छ ।’
गाउँका दर्शकले कस्तो चलचित्र मन पराउँछन र कस्तो चलचित्र बने हुन्थ्यो भन्ने आशा राख्दछन् भन्ने जानकारी हुने आयोजक संस्थाले अपेक्षा लिएको छ ।
यस किसिमका महोत्सव तथा चलचित्रसंग सम्बन्धित गतिविधि राजधानी काठमाडौँ तथा मुख्य शहरहरुमा मात्र हुने गरेको सन्दर्भमा ग्रामीण क्षेत्रमा हुने यस महोत्सवले स्थानीय जनताबीच नेपाली चलचित्र र चलचित्रकर्मीप्रतिको चासो र माया बढ्ने, नियमित नेपाली चलचित्र हेर्ने दर्शकको संख्या पनि बढ्ने विश्वास आयोजकमा छ ।
त्यस्तै, राजधानीबाट थुप्रै चलचित्रकर्मी तथा कलाकारहरु गाउँ गएर बस्दा, त्यहाँको गतिविधिको प्रचार गर्दा आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुग्ने समेत आयोजकको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - ०९:२७
काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...
चैत्र ८ गते, २०८२ - ०९:२१
झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...
चैत्र ८ गते, २०८२ - ०९:१६
पाल्पा । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...
चैत्र ८ गते, २०८२ - ०८:११
काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...
चैत्र ८ गते, २०८२ - ०८:०८
काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...
चैत्र ८ गते, २०८२ - ०८:०२
काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ । निर्वा...
चैत्र ८ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ। यसअ...
चैत्र ८ गते, २०८२ - ०७:४८
बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...
चैत्र ८ गते, २०८२ - ०७:४६
भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...
चैत्र ८ गते, २०८२ - ०७:४२
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ । साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...


प्रतिकृया लेख्नुहोस्: