Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

सेलिब्रेटी नेपालको आयोजनमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने

खबरडबली संवाददाता

काठमाडौं । पर्यटन प्रवद्र्धनसंगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ । सेलिब्रेटी नेपालले माघको अन्तिम साता ३ दिनको चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो । 

महोत्सव कहाँ हुने भन्नेबारे केहीदिनमा जानकारी दिईने जनाईएको छ । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र (सर्ट फिल्म), डकुमेन्ट्री र फिचर चलचित्रलाई सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकहरुसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

उनले महोत्सवमा विभिन्न भाषाभाषीकासँगै मोबाइलबाट खिचिएका चलचित्रहरु समेत समावेश गर्न सकिने बताए । चलचित्र स्क्रिनिङसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता चलचित्र बनाउने र कस्ता चलचित्रले दर्शकको साथ पाउनेछ भन्ने बिषयमा अन्तरक्र्रिया तथा वर्कसपको आयोजना समेत गरिनेछ । 

चलचित्र अत्याधुनिक एलइडी स्क्रिन र अत्याधुनिक साउण्ड सिस्टममा प्रदर्शन गरिने छ । प्रदर्शन गरिएका चलचित्रसँग सम्बन्धित चलचित्रकर्मी तथा आम दर्शकबीच अन्तरकृया गरिने, गाउँले परिवेशमा चलचित्र बनाउने बिषयमा वर्कशप तथा मास्टर क्लास हुने, चलचित्रकर्मीहरुको बीचमा ग्रामीण चलचित्रको कथा तथा मौलिक चलचित्र निर्माण सम्बन्धी अन्तरक्र्रिया हुने, उत्कृस्ट चलचित्रलाई जुरी टिमको निर्णय अनुसार अवार्ड वितरण गरिने आयोजक संस्था सेलिब्रेटी नेपालले जानकारी दिएको छ ।

कार्यक्रम गरिने क्षेत्रको साँस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुति समेत रहने जनाईएको छ । नेपाली मौलिक चलचित्र, चलचित्रकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसा तथा प्रवद्र्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका चलचित्रहरुलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु महोत्सवको मुख्य उद्धेश्य रहेको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

त्यस्तै, नेपाली मौलिक तथा गाउँघरमा रहेका बिकृति विसंगति तथा त्यहाँको कला संस्कृतिको बिषयमा चलचित्र निर्माण गर्न प्रोत्साहन गर्ने, चलचित्र क्षेत्रमा लागेर आफ्नो भबिष्य बनाउन चाहने नयाँ बिद्यार्थीहरुलाई नेपालीपन र नेपालीमनको चलचित्र बनाउने बिषयको ज्ञान दिने पनि महोत्सवको उद्धेश्य हुने सापकोटा बताउँछन् ।

‘नेपाल प्राकृतिक रुपमा सुन्दर र विविध कला संस्कृतिले भरिएको देश हो’ सापकोटाले भने, ‘यहाँको सुन्दरता र कला देशमा मात्र नभई विदेशमा समेत पुर्याउने र यो महोत्सवलाई यस पटक राष्ट्रिय रुपमा आयोजना गरेपनि आगामी बर्षहरुमा अन्तर्राष्ट्रिय बनाउँदै लगिने छ ।’

गाउँका दर्शकले कस्तो चलचित्र मन पराउँछन र कस्तो चलचित्र बने हुन्थ्यो भन्ने आशा राख्दछन् भन्ने जानकारी हुने आयोजक संस्थाले अपेक्षा लिएको छ ।

यस किसिमका महोत्सव तथा चलचित्रसंग सम्बन्धित गतिविधि राजधानी काठमाडौँ तथा मुख्य शहरहरुमा मात्र हुने गरेको सन्दर्भमा ग्रामीण क्षेत्रमा हुने यस महोत्सवले स्थानीय जनताबीच नेपाली चलचित्र र चलचित्रकर्मीप्रतिको चासो र माया बढ्ने, नियमित नेपाली चलचित्र हेर्ने दर्शकको संख्या पनि बढ्ने विश्वास आयोजकमा छ ।

त्यस्तै, राजधानीबाट थुप्रै चलचित्रकर्मी तथा कलाकारहरु गाउँ गएर बस्दा, त्यहाँको गतिविधिको प्रचार गर्दा आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुग्ने समेत आयोजकको विश्वास छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending