Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि, समस्यामा किसान

रासस

चितवन । कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ । कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ । जसका कारण कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।

नेपालका ठूला दाना उद्योगमध्येको एक स्काइलार्क एग्रो प्रालिका प्रबन्ध सञ्चालक टीकाराम पोखरेलका अनुसार दानाका लागि आवश्यक पर्ने कच्चा पदार्थमा भारी मूल्यवृद्धि भएको छ । 

गत वर्ष प्रतिकिलो रु ७२ हाराहारी पर्ने भटमास हाइब्रो अहिले रु १२० प्रतिकिलो परेको छ । यसैगरी सामान्य भटमास रु ११० पर्ने गरेको छ । जुन गत वर्ष रु ६२ प्रतिकिलोमात्रै थियो ।

मकै रु ३२ बाट बढेर रु ३८ पुगेको छ । तेल रु १६० प्रतिलिटरबाट रु २४२ पुगेको छ । पोखरेलका अनुसार ढुटो रु २८ बाट ३३ पुगेको छ । मूल्यवृद्धि बढी भएको भटमासको पिना र मकै गरी ७५ प्रतिशत हाराहारी दानामा प्रयोग हुने गर्दछ । यसैगरी रु ५० पर्ने डिसीपी रु १२० प्रतिकिलो पुगेको छ । भिटामिन, मिनिरल्स, औषधिमा पनि ३० देखि ४० प्रतिशत मूल्यवृद्धि भएको उनको भनाइ छ ।

कच्चा पदार्थको मूल्य बढेपछि दानाको मूल्य केही बढे पनि लागत मूल्य पाउनै मुस्किल रहेको उहाँले जानकारी दिनुभयो । पोल्ट्री व्यवसायी महासङ्घका उपाध्यक्षसमेत रहनुभएका पोखरेल यसबाट कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएको बताउँछन् । 

उनले भने, ‘एकातर्फ दानाको मूल्य बढ्यो, अर्कोतर्फ पोल्ट्रीजन्य उत्पादनको मूल्य घटेको छ, जसले गर्दा किसान मारमा परेका छन् ।’

किसान दाना उद्योग प्रालिका कार्यकारी निर्देशक विनोद पोखरेल दानाको कच्चा पदार्थका कारण दानाको लागत मूल्य बढेको बताउँछन् । पोखरेल समूहको नवलपरासीमा तीन लाख हाराहारी कुखुरा रहेका छन् । दानाको मूल्य बढ्दा लागत बढेको तर त्यसैअनुसारको अण्डा र मासुको मूल्यवृद्धि हुन नसक्दा समग्र किसान प्रभावित भएको उनको भनाइ छ । 

दानाको कच्चा पदार्थको मूल्यवृद्धिलाई आफूले अस्वाभाविक रूपमा लिएको बताए। भटमास र मकैमा लाग्ने कृषि सुधार शुल्क शून्यमा झार्न सकेमा केही लागत घट्ने उनको भनाइ छ। 

नेपाल दाना उद्योग सङ्घका पूर्वध्यक्ष डा तिलचन्द्र भट्टराई भारत, ब्राजिल, दक्षिण अमेरिकी देशहरूबाट भटमासको पिना आउने गरेकामा कोभिडसँगै विभिन्न खालका समस्या देखिएर ल्याउन कठिन भएको बताए।  

भारतमा मकै र भटमासको उत्पादन घटेको भन्दै उनले मकै बङ्गलादेशबाट आउने गरेकामा ल्याउन कठिन भएको उनको भनाइ छ। तेस्रो मुलुकमा सामान पाए पनि कन्टेनर नपाउँदा समस्या आएको उनले बताए । 

डा भट्टराईले भने, ‘कोभिडले अन्तर्राष्ट्रिय व्यापारको सञ्जाल भत्किएको छ, जसले मूल्यवृद्धि गरायो ।’ भारतमा मकै, भटमासजस्ता वस्तुको उत्पादन घटेको र तेस्रो मुलुकबाट सामान आयात गर्न समस्या भएपछि मूल्यवृद्धि भएको उनको भनाइ छ । 

दानामा ढुटो, डिओसी, तोरीको पिना, मिनिरल, भिटामिन, क्याल्सियमका स्रोतहरू आवश्यक पर्दछ । ती सबैको मूल्यमा वृद्धि भएको उनले जानकारी दिए।  

नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रविन पुरी भटमासको पिना नयाँ आउने बेलामा अस्वाभाविक मूल्यवृद्धि भएको बताउँछन् । अहिले दानाको लागत मूल्यमा प्रतिकेजी रु २१ हाराहारी मूल्यवृद्धि भएको छ । 

यद्यपि व्यवसायीहरूले प्रतिकिलो रु ५.५० देखि ६.५० सम्म बढाएको उनको भनाइ छ । आर्थिक वर्ष २०७४÷७५ सम्म बाहिरी देशबाट भटमासको पिना र मकै ल्याउँदा १.६ प्रतिशत कृषि सुधार शुल्क लाग्ने गरेकामा त्यसयता मकैमा पाँच प्रतिशत र भटमासको पिनामा नौ प्रतिशत शुल्क लाग्ने गरेको उनले बताए। 

यसले गर्दा दानामा प्रतिकिलो रु चार बढेको पुरी बताउँछन् । हाल दानाको मूल्य रु ६० देखि ८० सम्म प्रतिकिलो पर्ने गरेको छ । विश्वभर कृषि क्षेत्रमा बाह्य देशबाट आउने कच्चा पदार्थमा शून्य प्रतिशत शुल्क लाग्ने भए पनि नेपालमा सरकारले यसतर्फ ध्यान नदिँदा आफूहरु प्रभावित भएको उनको भनाइ छ। 

सबैभन्दा धेरै खपत हुने भटमासको पिना ९९ प्रतिशत र मकै ७५ प्रतिशत विदेशबाट आयात हुने गर्दछ । पुरीका अनुसार गत साल रु ३३ अर्ब हाराहारीको मकै र भटमास भित्रिएको थियो । यस वर्ष रु ४० अर्बभन्दा बढी आयात हुने अनुमान गरिएको छ । पोल्ट्रीका लागि आवश्यक पर्ने कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने भए पनि यसको उत्पादन भने आत्मनिर्भर रहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणी- रवि लामिछानेको प्रधानमन्त्री बन्ने योग छ

काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...

लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...

यी हुन् लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना

काठमाडौं  । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...

सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।  विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन- १२ राज्यका ८९ सीटका लागि मतदान

काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...

कक्षा १२ को परीक्षा आजबाट, जापानमा पनि परीक्षा केन्द्र

तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies