Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सुदूरपश्चिममा ४२ प्रतिशतले लाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

खबरडबली संवाददाता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात सात लाख ५१ हजार ८११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाइसकेका छन् ।

लक्षित उमेर समूहका ५५ प्रतिशत अर्थात नौ लाख छ हजार १७४ व्यक्तिले पहिलो मात्राको खोप पाइसकेका छन् । अठार वर्ष उमेर माथिका नागरिकलाई लक्षित समूहमा राखिएको छ । प्रदेशमा सो वर्ष उमेर समूहभन्दा माथिको जनसङ्ख्या झण्डै १९ लाख छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले अहिले प्रदेशमा खोपको उपलब्धता पर्याप्त रहेकोले खोप दिने कार्य नियमित रुपमा चलिरहेको बताउनुभयो । प्रदेशका १२ देखि १७ समूहका बालबालिकालाई फाइजर र मोडना खोप दिने तयारी पनि गरिएको छ । प्रवक्ता कार्कीले भन्नुभयो, ‘‘आउने पुस महिनाबाट कैलाली र डडेलधुराका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप र अन्य सात जिल्लाका बालबालिकालाई मोडना खोप दिने तयारी छ ।’’ पछिल्लो महिनामा विभिन्न राजनीतिक दलबाट भीड बढ्ने गरी भइरहेका गतिविधिबाट कोरोना सङ्क्रमणको जोखिम बढेको मन्त्रालयका अधिकारीको भनाइ छ ।

उनले भने ‘‘कोरोनाको जोखिम नहटिसकेको भए पनि दल आफैँले भीडभाड गरेर कोरोनाको जोखिम निम्त्याइरहेका छन् ।’’ कोरोनाको नयाँ रुप ‘ओमिक्रोन’ को सम्भावित जोखिमको रोकथामका लागि सीमा नाकालाई थप व्यवस्थित गर्दै भित्रिने नागरिकको स्वास्थ्य जाँच कार्यका साथै खोप सेवालाई निरन्तरता दिइएको छ । सीमा नाकामा स्वास्थ्य परीक्षण गराउँदा पोजेटिभ नतिजा आएकालाई आइसोलेशन सेन्टरमा राख्ने गरिएको छ । 

प्रदेशका कुनै पनि सीमा नाकाबाट भित्रिने नागरिकमा अहिलेसम्म नयाँ भेरिएन्टको कोरोना सङ्क्रमण भएको पुष्टि भएको पाइएको छैन । सीमा नाका नजिक धनगढीको बडहरा क्षेत्रमा कोरोनाका शङ्कास्पद बिरामीलाई राख्न निर्माणाधीन होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सङ्क्रमित भएर उपचार व्यवस्थापनपछि घर फर्किनुभएका कतिपय व्यक्तिको स्वास्थ्यमा विभिन्न खालको स्वास्थ्य जटिलता भने देखिने गरेको छ  ।

रिङ्गटा लाग्ने, कमजोरी महसुस हुने जस्ता स्वास्थ्य समस्या देखिने गरेको सङ्क्रमणपछि निको हुनु भएका धनगढीका एक जना शिक्षकले बताउनुभयो । कसै कसैलाई श्वासप्रश्वासमा समस्या देखिने गरेको छ । उहाँले भन्नुभयो, ‘‘उपचार व्यवस्थापनपछि घर फर्किएकामा व्यक्तिअनुसार फरक स्वास्थ्य जटिलता देखिने गरेको छ ।’’

रोगको सङ्क्रमणपछि भएको हैरानीले मानसिक तनाव सिर्जना हुँदा पनि सम्बन्धित व्यक्तिमा रिङ्गटा लाग्ने, शरीरका अङ्ग दुख्ने, कमजोरी महसुस हुने समस्या देखिने गरेको छ । हाल सङ्क्रमण र मृत्यु हुने दर केही घटेको देखिएपनि यो रोगको सङ्क्रमणको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ । 

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार आजसम्म चार लाख १८ हजार ३३४ व्यक्तिको नमूना परीक्षण गरिएकोमा ४८ हजार १३४ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५लाख ५२ हजार ५१७ को १६ दशमलब ३८ प्रतिशत हो । नमूना परीक्षण गरिएका मध्ये ११ दशमलब पाँच प्रतिशतमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । 

तराईका कैलाली र कञ्चनपुर जिल्ला यो रोगको सङ्क्रमणबाट बढी प्रभावित भएका छन् । यो रोगको सङ्क्रमण फैलिएयता हालसम्म ६१२ जनाको मृत्यु भएको छ । गएको वैशाख जेठ महिनामा यो रोगको सङ्क्रमण र मृत्यु दर उच्च थियो । असार महिना सुरु भएसँगै केही घटेको थियो ।  यसैबीच सामाजिक विकास मन्त्रालयले भीडभाड हुने कार्यक्रम नगर्न, मास्क सही तरिकाले प्रयोग गर्न, पटकपटक साबुनपानीले हात धुन, सङ्क्रमित क्षेत्रबाट आएकालाई कम्तीमा पनि १० दिनसम्म क्वारेन्टिनमा बस्न र कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending