Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नेपालको राष्ट्रिय धर्म हिन्दू, यसलाई कसैले समाप्त गर्न सक्दैनः बामदेव गौतम

\"bamdevgautam\"१८ साउन, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले ८० प्रतिशतभन्दा बढी हिन्दू रहेको नेपालको राष्ट्रिय धर्म हिन्दू भएको बताएका छन् । बोल बम काँवरिया सङ्घले आइतबार राती सुन्दरीजलस्थित ओखरेनी माध्यमिक विद्यालयमा आयोजना गरेको बोल बम काँवर यात्रा विशेष कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले सो कुरा बताएका हुन् । ‘यो देशबाट हिन्दू धर्मलाई कसैले समाप्त गर्न सक्दैन, ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी रहेको नेपालबाट कसले हिन्दू धर्म समाप्त गर्न सक्छ ?, धर्मका नाममा मानिस उचाल्ने र पछार्ने काम गरिनुहुन्न, धार्मिक सुधार भने आवश्यक छ’, उनले भने । उनले सबैको अधिकार समेटिएको संविधान आउने भएकाले जनता फुटाउने काममा नलाग्न आग्रह गरे । गोकर्णेश्वर नगरपालिका–४ स्थित रामजानकी निम्न मावि नजिकैको ४२ रोपनी सार्वजनिक जग्गा बोल बम धाम निर्माणका लागि भोगाधिकारसहित दिन सरकार तयार रहेको प्रतिबद्धता पनि उनले जनाए । धाम निर्माणका लागि रु ५० लाख आफूले चन्दा मागेर सहयोग जुटाइदिने प्रतिबद्धतासमेत गृहमन्त्रीले गरे । कार्यक्रममा पूर्वमन्त्री अनिलकुमार झाले ठूला दल मधेसका जनतालाई संवैधानिकरुपमा अधिकार दिन तयार नभएको बताए । सभासद् डा अमरेशकुमार सिंहले संविधानमा मधेसवासीको अधिकार समेट्न क्रियाशील भएर लागेको उल्लेख गरे । कार्यक्रममा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष डा उपेन्द्र महतो ,हिन्दू राष्ट्र बचाउ अभियानका सहसंयोजक प्रेमनिधि भारद्वाज, सङ्घका संस्थापक अध्यक्ष छोटेलाल साह, अध्यक्ष रामाज्ञा रौनियार र सल्लाहकार गौतम खनाललगायतका वक्ताले बर्सेनि सुन्दरीजलमा साउन महिनामा लाखौँ बोल बम यात्री आउने भएकाले बोल बम धाम निर्माण गर्नसके धार्मिक पर्यटन प्रवद्र्धन हुनेमा जोड दिएका थिए । आइतबार राति नै सुन्दरीजल आइपुगेका भक्तजन राति १२ बजेपछि स्नान गरी बाग्मती नदीको सुन्दरीमाई मन्दिरमुनिबाट खाली गोडा शुद्ध जल ल्याई आज पशुपतिनाथ मन्दिरमा चढाइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending