Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

एमालेको कार्यविभाजनप्रति असन्तुष्टि, १० बुँदे पक्षधरहरुलाई छानीछानी पाखा लगाइयो

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेमा भएको कार्यविभाजनप्रति नेताहरुले असन्तुष्टि जनाएका छन् । एकपक्षीय ढंगले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुको कार्यविभाजन गरेको भन्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपामहासचिव पृथ्वीसुब्बा गुरुङलगायतले असन्तुष्टि जनाएका हुन् । 

भक्तपुरमा शनिबारदेखि चलेको बैठकबाट भएको कार्यविभाजनप्रति नेता झपट रावलले सार्वजनिकरुपमै असन्तुष्टि जनाएका छन् । उनले पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्नुपर्ने पक्षमा आफूहरुले लामो समयदेखि आवाज उठाउँदै आएपनि केन्द्रीय कमिटी बैठकबाट जसरी जिम्मेवारी बाँडफाँड गर्ने काम भयो त्यो गलत भएको बताए । 

उनले पार्टीमा विभेद नहुने आफूहरुले टानेपनि त्यसो हुन नसकेको बताए । टंक कार्की जस्तो नेतालाई समेत पोलिटब्युरोमा नअटाएको भन्दै उनले असन्तुष्टि जनाए । १० बुँदे पक्षधरहरुलाई छानीछानी पाखा लगाउने काम भएको पनि उनको भनाइ छ । 

त्यस्तै पृथ्वीसुब्बा गुरुङले मापदण्ड नबनाएको र व्यक्तिगत निर्णय गर्दा २र३ कार्यकाल काम गरेका नेताहरु समेत पोलिटव्यूरोमा छुटेको वताएका छन् । गुरुङले हामी कसरी लिडरसिपको विकास गर्छौ भन्ने कुरा मुख्य हो । एउटा मापदण्ड बनाएनौं भने हुने यस्तै हो ।’उनले भने

व्यक्तिगत रुपमा निर्णय लिनु गलत भएको भन्दै उनले सामूहिक निर्णय प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् ।

एमालेको केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो गठन, प्रदेश अध्यक्ष तोक्नेलगायतको निर्णय भएको थियो । ​

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...

११ दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...

गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...

ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण, चार जना पक्राउ

काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...

भक्तपुरको चाँगुनारायणमा कार दुर्घटना, तीन जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...

सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...

निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...

'उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...

मतदानका दिन मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE