Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

महाधिवेशन प्रतिनिधिका कारण राजधानीका होटल भरिभराउ, पर्यटन व्यवसायी उत्साहित

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४औैँ महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् । यही मङ्सिर २४ गतदेखि काठमाडौंमा कांग्रेसको महाधिवेश सुरु भएको छ ।
 
कांग्रेसले महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका तीन ठाउँमा होटलको व्यवस्था गरेको छ । सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिए पनि तारे होटल, पर्यटकीय होटलदेखि सामान्य होटलसमेत प्रतिनिधि, पर्यवेक्षकका साथै शुभेच्छुकले भरिएका छन् ।

आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेका अनुसार करिब चार हजार प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएका छन् । महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गरिएको छ ।
 
महाधिवेशन आयोजनास्थल भृकुटीमण्डप आसपास मात्र होइन, प्रतिनिधि बस्ने होटल आसपास पनि उम्मेदवारका प्रचार सामग्री झुण्ड्याइएका छन् । सुन्धारा, ठमेल र गौशाला क्षेत्रका बाटाबाटामा प्रचार सामग्री देख्न सकिन्छ । कोरोना महामारी जोखिम कायमै रहे पनि होटल व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर प्रतिनिधिलाई खानेबस्ने प्रबन्ध मिलाएका छन् ।
 
लामो सयम कोरोना महामारीका कारण समस्यामा परेका होटल व्यवसायीले महाधिवशेनका कारण थोरै भए पनि राहत महसुस गरेका छन् । एकता होटल व्यवसायी सङ्घका उपाध्यक्ष खेमराज उप्रेतीले ठूलो पार्टीले काठमाडौँमा महाधिवेशन गर्नु राम्रो पक्ष भएको बताए। उनले काठमाडौँका तारे होटलदेखि पर्यटकस्तरीय होटल प्रतिनिधि र शुभेच्छुकका कारण भरिभराउ भएको जानकारी दिए।
 
कोरोनाका कारण लामो समयसम्म पाहुनाविहीन बनेका व्यवसायी अहिले कोरोना केही मत्थर हुँदै गएको, पहिले जस्तै विभिन्न बैठक, भेला, सम्मेलन, गोष्ठीका साथै पार्टीका महाधिवशेन पनि हुन थालेपछि खुसी देखिएका छन् । सङ्घअन्तर्गत राजधानीमा करिब ४०० होटल रहेका छन् । अध्यक्ष उप्रेतीले सङ्घ आबद्ध कोटेश्वर, एयरपोर्ट, तिलगङ्गा, गौशाला, चाबहिल, बत्तिसपुतली, ज्ञानेश्वर, लाजिम्पाटलगायत होटल महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकका कारण खचाखच भरिएका बताए।
 
सो क्षेत्रका होटल अहिले शतप्रतिशत ‘अकुपेन्सी’मा चलेका छन् । “सबै होटल भरिएका छन्, कोठा खाली छैनन्, यो सुखद् पक्ष हो”, उपाध्यक्ष उप्रेतीले भने, “सबै होटलले स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गरेका छन् ।”
 
महाधिशवेनका कारण पर्यटन व्यवसायी उत्साहित
लामो समय नेपालको पर्यटन क्षेत्र कोरोना महामारीका कारण अस्तव्यस्त बन्यो । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘भ्रमण वर्ष २०२०’ को सुरुआतमै कारोेना महामारीले उग्ररुप लिएको थियो । कोरोनाका कारण आन्तरिक पर्यटकीय गतिविधि पनि ठप्प भएको थियो ।
 
कोरोनाको सङ्क्रमण केही कमी आएको र खोपको उपलब्धतासँगै पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । पछिल्लो समय विदेशी पर्यटकको आवागमनसमेत बढेको छ । आन्तरिक पर्यटन पनि फस्टाउन थालेको छ ।
 
राजनीतिक दलका गतिविधिले पनि नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मङ्सिर दोस्रो साता चितवनको सौराहामा १०औँ महाधिवेशन सम्पन्न ग¥यो । एमालेको महाधिवेनले मध्य नेपाल क्षेत्रको पर्यटन प्रवद्र्धनमा निकै ठूलो भूमिका निर्वाह गरेको पर्यटन व्यवसायीको मत छ ।
 
विदेशी पाहुनासमेत सहभागी महाधिवेशनका क्रममा विभिन्नि जातजाति, भाषाभाषीका तर्फबाट प्रस्तुत गरिएका सांस्कृतिक झाँकीले पनि नेपालको कला, संस्कृतिको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह पर्यटन व्यवसायीको भनाइ छ ।

कांग्रेसको महाधिवशेनले पनि काठमाडौँको पर्यटन व्यवसायलाई निकै ठूलो सहयोग गरेको सङ्घका उपाध्यक्ष उप्रेतीको भनाइ छ । यहीबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि काठमाडौँमा महाधिवेशनको  आयोजना ग¥यो । यस्तै पुसको दोस्रो साता नेकपा (माओवादी केन्द्र)ले काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीका सल्लाहकारलाई प्रश्न: रास्वपा सङ्घीयता नै खारेज गर्ने बाटोमा लागेको हो ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...

रास्वपा केन्द्रीय सदस्य निर्वाचन: आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...

विराटनगरबाट हराएको आयल निगमको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...

रास्वपा महामन्त्रीमा गणेश पराजुलीको उम्मेदवारी घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...

रास्वपाले सार्वजनिक गर्‍यो केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची, ३८४ जनाको नाम समावेश

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...

रास्वपामा महाधिवेशन: प्रतिनिधि विवाद कायमै, केन्द्रीय सदस्य उम्मेदवारको सूची अझै सार्वजनिक भएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...

विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...

नेप्सेमा लगातार गिरावट, चार महिनाकै न्यून विन्दुमा पुग्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट

नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending