Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

नेप्सेको ओरालो यात्रा कायमै, कुन कम्पनिले कति गुमायाे ?

खबरडबली संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्ससे परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन नेप्से परिसूचक ५.८४ अङ्कले ओरालो लागेर दुई हजार ४४९.९७ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४३ अङ्कले उकालो लागेर ४६५२.३ मा पुगेको छ । 

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत सुस्ताएको छ । कूल २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर रु दुई अर्ब ६७ करोड ३३ लाख आठ हजार ७९२ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३४ खर्ब ४४ अर्ब २६ करोड ४२ लाख ८० हजारको हाराहारीमा पुगेको छ । 

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । होटल तथा पर्यटन १८.७७, अन्य ४.१७, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.१२ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ २.३५, व्यापार १९.३४, विकास बैङ्क २१.९२, जलविद्युत् १७.०१, वित्त १६.२८, निर्जीवन बीमा ६०.२७, उत्पादन २१.२९, लघुवित्त २५.१७ र जीवन बीमा ३४.४३ अङ्कले ओरालो लागेको छ । 

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु आठ करोड ८५ लाख ५२ हजार २०५ बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु आठ करोड ६२ लाख २१ हजार ९०९, नबिल बैङ्क रु आठ करोड १४ लाख चार हजार ३९१, महालक्ष्मी विकास बैङ्क रु आठ करोड सात लाख २९ हजार र नेशनल हाइड्रोपावर रु सात करोड ३८ लाख दुई हजार ६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

नेप्सेका अनुसार सिनर्जी पावर ४.५५, लक्ष्मी इक्विटी फण्ड ४, सपोर्ट माइक्रोफाइनान्स ३.४४,सिंगटी हाइड्रोपावर ३.२४ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ३.१७ प्रतिशतले कमाए । यस्तै, सामुदायिक लघुवित्त ५.८२, श्री इन्भेस्टमेन्ट फाइनान्स ५.१४, एनआइसी एशिया लघुवित्त ४.११, घलेम्दी हाइड्रोपावर ४.०२ र सबैको लघुवित्तका लगानीकर्ताले ३.९३ प्रतिशतले गुमाए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनशनरत नर्स र सरकारबीच वार्ता सुरु

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, पहिरो पन्छाउन उपकरण परिचालन

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टरा...

अनशनरत नर्सको समर्थनमा काठमाडौंमा प्रदर्शन, न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न माग

काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको सुधारका लागि आमरण अनशनमा बसेकी नर्स ज्योति रा...

सुनकोशी नदीमा कार खस्यो, चार जना बेपत्ता (अपडेट)

सिन्धुलीमाढी। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार बिहान बस र कार ठक्कर खाँदा यात्रुसहित कार सुनकोशी नदीमा बेपत्...

३० महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक १० वर्षसम्म बनेन

कञ्चनपुर । चट्टानी पहाड, भौगोलिक विकटता तथा अन्य अवरोध नभए पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। ...

अप्ठ्यारोमा परेकालाई घरमा ग्याँस पुर्‍याउँछौँ : जिप्रका चितवन

चितवन । चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्याँस अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको ...

देवानगञ्ज र हरिनगर बाहेकका क्षेत्रमा निषेधाज्ञा हट्यो

इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज गोली काण्डपछि उत्पन्न भएको अवस्थालाई नियन्त्रणमा लिन लगाइएको निषेधाज्ञा सिमित क्षेत्रमा लागू हुने ग...

सुनकोशीमा कार खस्यो, उद्धार टोली घटनास्थलतर्फ

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर क्षेत्रमा बसको ठक्करपछि एउटा कार सुनकोशी नदीमा खसेको छ। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ...

मन्त्री मेहताद्वारा आगजनी र तोडफोड प्रभावित क्षेत्रको निरीक्षण

इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज गोलीकाण्डपछि उत्पन्न आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट प्रभावि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending