Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

आज पनि उच्च अङ्कले घट्यो नेप्से

खबरडबली संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । सोमबार उकालो लागेको नेप्सेमा आज पनि सोही गति देखिने अपेक्षा विपरीत उच्च अङ्कले ओरालो लागेर दुई हजार ५०० को नजिक आइपुगेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३७.१८ अङ्कले घटेर दुई हजार ५०८.९० मा ओर्लेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.८५ अङ्कले घटेर ४७४.१३ मा ओर्लेको छ । 

नेप्सको ओरालो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर रु तीन अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० मूल्यमा कारोबार भयो । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब २७ अर्ब ११ करोड ६५ लाख ७० हजारको हाराहारीमा रहेको छ । 

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ भने  ११ उपसमूहको ओरालो लागेको छ । व्यापार २१.५३ र सामूहिक लगानी कोष ०.१२ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ १३.५५, होटल तथा पर्यटन ४९.४१, विकास बैंक १४०.९५, जलविद्युत् ७४.६९, वित्त ९०.०८, निर्जीवन बीमा १६०.९८, उत्पादन ९२.०३, अन्य ५६.४४, लघुवित्त ७२.५६, जीवन बीमा ७३.९४ र लगानी ०.७५ अङ्कले ओरालो लागेको छ । 

कारोबारका आधारमा प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ३६ लाख ४७ हजार बराबरको कारोबार भयो । 

यस्तै, महालक्ष्मी विकास बैंक रु ११ करोड ८६ लाख २५ हजार ७७६, आइसिएफसी फाइनान्स रु ११ करोड एक लाख २० हजार ९३६, अपी पावर कम्पनी रु १० करोड ४० लाख ८८ हजार ६७ र एचआइडिसिएल रु नौ करोड ४४ लाख ७६ हजार ४६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

नेप्सेका अनुसार सिटिजन म्युचुअल फन्ड दोस्रो ४.६५, लक्ष्मी इक्विटी फन्ड ४.४९, एनआइबिएल प्रगति फन्ड ३.८९, सिटिजल म्युचुअल फन्ड ३.५० र सिभिल लघुवित्तका लगानीकर्ताले ३.१९ प्रतिशतले कमाए । 

यसैगरी, आइसिएफसी फाइनान्स ७.६५, कालिका माइक्रोक्रेडिट ६.७७, सिनर्जी पावर ६.२९, हिमालयन पावर पार्टनर ५.९१ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ५.६६ प्रतिशतले गुमाए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

रूकुम पूर्वमा प्रचण्ड जीत नजिक

रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...

रोल्पामा नेकपाका वर्षमान पुनको अग्रता

रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...

मोरङ पुगे बालेन शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...

धनकुटा निर्वाचन अपडेट: श्रम संस्कृति पार्टीका सानबहादुर राईको अग्रता

धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...

गोरखामा खराब मौसमका कारण मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण

गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...

बाँके १ र ३ मा रास्वपाका चौधरी र खगेन्द्र सुनारको फराकिलो अग्रता

नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...

सर्लाही–४ मा ११ सय ३३ मतले अमरेशको अग्रता

काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...

झापा ५ मा ५ हजार बढी मतान्तरले बालेन अगाडि

झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...

काठमाडौं-३ मा कुलमानसँग राजुनाथ पाण्डेले बढाए मतान्तर, ४ हजार ४३९ मतको फरक

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE