Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

बेँसीशहर–चामे सडकमा मर्मतको काम अघि बढाइयो

खबरडबली संवाददाता

काठमाडौँ ।  यस वर्ष वर्षाका कारण सबैभन्दा बढी क्षति पुगेको बेँसीशहर–चामे सडकमा मर्मतको काम अघि बढाइएको छ । दसैँ पहिले नै सवारीसाधन चल्नसक्ने गरी मर्मत गरिएकामा अहिले आगामी वर्षमा सडक अवरुद्ध नहोस् भनी दीर्घकालीन रुपमा मर्मत भइरहेको छ ।

धेरै ठाउँमा सडक नै बगाएकाले तलबाट जाली बनाएर हालिएको डुम्रे–बेँसीशहर–चामे सडक योजनाले जनाएको छ । सडकमा यसअघि नै पुन:स्थापना गरिएको थियो । आगामी वर्षमा पनि वर्षाको पानीले नबगाउने गरी स्थायी मर्मत गरिने तयारी भइरहेको योजनाका प्रमुख अच्युतविलास पन्तले बताए । उनले भने,  “सडकमा ढलान गर्ने, नाली बनाउने, पानी कटाउने कामका लागि छिट्टै ठेक्का प्रक्रियामा जानुपर्छ ।”

वर्षाले त्यहाँका केही सङ्ख्यामा काठ र एउटा पक्की पुल बगाएको छ । ती ठाउँमा अहिले काठका पुल राखेर यातायात सञ्चालन भइरहेको छ । पुल नहुँदा नै सडक अवरुद्ध भएकामा मर्मत गरेर सञ्चालन भएको प्रमुख पन्तले बताए  । सडक दीर्घकालका लागि लागत अनुमान गरेर विभागमा पठाइएको उनले बताए । उनले भने, “सडक निर्माणकै लागि छिट्टै ठेक्कामा जाने योजना छ ।”

सडक बगाएको वा पुरिएका स्थानमा पनि आसिंक रुपमा खुलाइएको योजनाका प्रमुख पन्तले बताए । झण्डै १० किमी सडक र अरु विभिन्न ठाउँमा सडक बगाएको थियो । सडक मर्मतका लागि ठूलो रकम आवश्यक भए पनि एकै पटक व्यवस्थापन हुन नसक्ने हुँदा प्राथमिकताका आधारमा मर्मत गरिने उनले बताए  ।

उनले भने, “भएको बजेटबाट जोखिमयुक्त स्थानलाई प्राथमिकतामा पारेर मर्मत गरिनेछ ।” जेठको अन्तिम सातादेखि नै सुरु भएको वर्षाका कारण सडकमा धेरै क्षति पुगेको थियो । दसैँ पहिले अस्थायी रुपमा सडक खुलाइएको भए पनि पुन:कात्तिकमा भएको वर्षाले सडक अवरुद्ध गरेको थियो । दसैँपछि थप क्षति पुगेको स्थानमा पनि मर्मत र सुधार गरिएको प्रमुख पन्तले बतताए  । 

ट्याक मात्रै खोलिएको सडक भएकाले पनि सडकमा ठूलो क्षति भएको प्रमुख पन्तले जानकारी दिए । लामो समय पहिलेदेखि नै सो सडकको ट्र्याक सेनाले खुलाएको थियो । ट्याक खुलेपछि लामो समयसम्म सडक स्तरोन्नति हुन सकिरहेको छैन । डुम्रे–बँेसीशहर खण्ड एक लेनको कालेपत्र भएको हो भने बेँसीशहर–चामे सडकमा कालोपत्र भएको छैन । सडक विभागले डुम्रे–बँेसीशहर सडकलाई विस्तार गर्ने र बेँसीशहर–चामे सडकलाई स्तरोन्नतिको योजना बनाएको छ । 

बेँसीशहरबाट चामेसम्म ६५ किमी सडक कच्ची छ । बँेसीशहरबाट अगाडि सात किमी सडक मात्रै कालोपत्रका लागि ठेक्का भएको थियो । यो खण्ड बेँसीशहरबाट खुदिसम्म पर्छ । यो खण्डमा निर्माणको काम भइरहेको छ । 

बेँसीशहर–चामे कूल लम्बाइ ६५ किमीमध्ये अहिले २० किमीको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । त्योमध्ये पनि सात किमीमा मात्रै निर्माण अघि बढाइएको छ । बाँकी सडक भने अध्ययनको क्रममा छ । सो सडकमा यस वर्ष असारभित्र अध्ययन सकाउने योजना बनाइएको छ । प्रमुख पन्तले भने, “यस वर्ष अध्ययन सकिएपछि अर्को वर्षबाट बहुवर्षीय ठेक्का लगाएर निर्माण अघि बढाइनेछ ।” 

बँेसीशहर–चामे सडकमा लमजुङतर्फ ३५ किमी र मनाङतर्फ ३० किमीपर्छ । यो सडक नै मनाङ जिल्लालाई प्रदेश राजधानी र सङ्घीय राजधानीसँग जोड्ने सडकका रुपमा रहेको छ । मनाङमा ठाउँठाउँमा काठका पुल मात्रै भएकाले हलुका सवारीसाधन मात्रै चल्ने गरेको योजना प्रमुख पन्तले जानकारी दिए  । 

हिमाल पारिको जिल्लाका रुपमा परिचित मनाङ सडक सञ्जालमा जोडिए पनि सधैँ सवारीसाधन भने चल्न सक्दैनन्  । जाडो मौसममा हिउँका कारण र वर्षामा बाढी तथा पहिराका कारण सडक अवरुद्ध भइरहेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies