Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

एकता र विभाजनको मनोविज्ञानलाई समाहित गर्दै सकियो एमाले महाधिवेशन

खबरडबली संवाददाता

सौराहा । आम राजनीतिक चासोका बीच चितवनको सौराहमा सम्पन्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनले पार्टीभित्र देखिएका तीन धारलाई समाहित गरेको छ । 

महाधिवेशनले पूर्ववत् एमाले, नेकपा (माओवादी केन्द्र)बाट एकतामा सामेल र १० बुँदे सहमतिका पक्षधरको मनोविज्ञानलाई समाहित गरेको छ । 

महाधिवेशनपछि एकता, ऊर्जा र सङ्कल्पको भावना बोकेर प्रतिनिधि फर्कन थालेका छन् । कूल ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला, अन्य जातजातिगत प्रतिनिधित्वसहित अधिकांश युवा अनुहारको प्रवेशले पनि एमालेभित्र ऊर्जा उत्पन्न भएको मानिएको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण हुन पुगेको प्रतिनिधिसभाको विघटन, अन्तरपार्टी सङ्घर्ष र सर्वोच्च अदालतका दुई फैसलाबाट तरङ्गित तथा प्रतिपक्षमा आइपुगेको संसद्को ठूलो दल एमालेको महाधिवेशनका प्रतिनिधिले नयाँ नेतृत्व चयन सहमतिमा गर्न दिएको म्याण्डेटअनुसार नै परिणाम निकालेको छ । 

प्रतिनिधि र कार्यकर्ताको भवनाबमोजिम पुनः अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनु, पार्टी विभाजन हुनुपूर्व तत्कालीन नेता माधवकुमार नेपाल निकट मानिने अष्टलक्ष्मी शाक्यले उपाध्यक्षहरुमा सर्वाधिक मत हासिल गर्नु र उपाध्यक्षमा माओवादीबाट एकतामा सामेल रामबहादुर थापा विजयी हुनुले तीनवटै मनोविज्ञान सहमति र निर्वाचन दुवैका माध्यमबाट व्यक्त भएको मानिएको छ । 

हलमा सहमतिको प्रस्ताव नगरेर सिधै निर्वाचन गराइएको भए ती तीन धार यसरुपमा समेटिन नसक्ने र पार्टीमा पुनः फुटको खतरा हुने आँकलन गरिएको थियो । निर्वाचनमा प्रतिनिधिले अध्यक्ष पदमा पराजित डा भीमबहादुर रावल र उपाध्यक्षमा पराजित घनश्याम भुसाललाई केन्द्रीय सदस्यमा विजयी गराएर आन्तरिक एकताको भावना प्रदर्शन गरेका छन्, यद्यपि डा रावलले केन्द्रीय सदस्य पदको शपथ लिएका छैनन्। अध्यक्ष ओलीले उनीहरुलाई शपथ लिन आग्रह गरिसकेका छन्। 

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनका प्रतिनिधिले गरेको फैसला पार्टीको साङ्गठनिक र राजनीतिक जीवनमा दूरगामी महत्व राख्ने खालको हुने बताए। 

महाधिवेशनपूर्व नै एमालेका अध्यक्ष ओली र अन्य नेताले पार्टीले आगामी निकट भविष्यमा विभिन्न तहका निर्वाचनमा सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले दशौँ महाधिवेशनले एकढिक्का भएर त्यसको सामना गर्ने सन्देश दिने बताउँदै आएका थिए। 

महाधिवेशनको बन्दसत्रको पहिलो दिन मङ्सिर ११ गते अध्यक्ष ओलीले पार्टीभित्र प्रतिस्पर्धा हुने र विपक्षी पार्टीसँग मात्रै प्रतिद्वन्द्वी हुने जनाएर सहमतिका लागि आह्वान गरेको थियो। एमालेको गत असोजमा सम्पन्न विधान महाधिवेशनले नीतिगत मुद्धामा छलफलसहित दस्तावेज पारित गरेकाले दशौँ महाधिवेशनमा नेतृत्व चयनको मुख्य कार्यसूची राखिएको हो । 

एमालेका नेता भुसालले विधान महाधिवेशनयता पार्टी सही विचार र नीतिमा रहेको सार्वजनिक गर्नुले एमाले नीति र मनोविज्ञानमा एकतायुक्त छ भन्ने सहज आधार पनि मिलेको छ । दशौँ राष्ट्रिय महाधिवेशनले सोही नीतिलाई पछ्याउँदै समसामयिक राजनीतिकलगायत विविध विषयमा १७ बुँदे घोषणापत्र पनि जारी गरेको छ । 

दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्धिको आधार निर्माण गर्ने मुख्य नारा बोकेको महाधिवेशनमा यस विचारमाथि कुनै विवाद उत्पन्न भएको सुनिएन ।

यही मङ्सिर १० गते चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटित महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । 

अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो । निर्वाचन हुनुलाई उनीहरुले लोकतान्त्रिक अभ्यासका रुपमा लिएका छन्। 

अध्यक्ष ओलीले भ्रम र स्वार्थका आधारमा पार्टी विभाजनमा लागेका र अन्य पार्टीमा रहेका कार्यकर्तालाई एमालेमा आएर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गरेको आह्वानलाई उहाँ र नयाँ कमिटीले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा देखाउने भावना र व्यवहारले एमालेको भावी साङ्गठनिक जीवनबारे थप आँकलन गर्न सकिनेछ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा विमान दुर्घटना, सवार १५ जनाको मृत्यु

काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...

भारी हिमपात हुँदा माथिल्लो मुस्ताङको जनजीवन कष्टकर

मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...

संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च जाँदै कांग्रेसका निवर्तमान सांसद

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...

एमालेले थाल्यो घोषणा पत्रका लागि सुझाव संकलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...

बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...

बदलिरहन्छ कास्की-१ काे परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...

कमला नदीमा अस्थायी ‘डाइभर्सन’, चौध वर्षपछि पुल निर्माण अन्तिम चरणमा

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending