Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

एकता र विभाजनको मनोविज्ञानलाई समाहित गर्दै सकियो एमाले महाधिवेशन

खबरडबली संवाददाता

सौराहा । आम राजनीतिक चासोका बीच चितवनको सौराहमा सम्पन्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनले पार्टीभित्र देखिएका तीन धारलाई समाहित गरेको छ । 

महाधिवेशनले पूर्ववत् एमाले, नेकपा (माओवादी केन्द्र)बाट एकतामा सामेल र १० बुँदे सहमतिका पक्षधरको मनोविज्ञानलाई समाहित गरेको छ । 

महाधिवेशनपछि एकता, ऊर्जा र सङ्कल्पको भावना बोकेर प्रतिनिधि फर्कन थालेका छन् । कूल ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला, अन्य जातजातिगत प्रतिनिधित्वसहित अधिकांश युवा अनुहारको प्रवेशले पनि एमालेभित्र ऊर्जा उत्पन्न भएको मानिएको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण हुन पुगेको प्रतिनिधिसभाको विघटन, अन्तरपार्टी सङ्घर्ष र सर्वोच्च अदालतका दुई फैसलाबाट तरङ्गित तथा प्रतिपक्षमा आइपुगेको संसद्को ठूलो दल एमालेको महाधिवेशनका प्रतिनिधिले नयाँ नेतृत्व चयन सहमतिमा गर्न दिएको म्याण्डेटअनुसार नै परिणाम निकालेको छ । 

प्रतिनिधि र कार्यकर्ताको भवनाबमोजिम पुनः अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनु, पार्टी विभाजन हुनुपूर्व तत्कालीन नेता माधवकुमार नेपाल निकट मानिने अष्टलक्ष्मी शाक्यले उपाध्यक्षहरुमा सर्वाधिक मत हासिल गर्नु र उपाध्यक्षमा माओवादीबाट एकतामा सामेल रामबहादुर थापा विजयी हुनुले तीनवटै मनोविज्ञान सहमति र निर्वाचन दुवैका माध्यमबाट व्यक्त भएको मानिएको छ । 

हलमा सहमतिको प्रस्ताव नगरेर सिधै निर्वाचन गराइएको भए ती तीन धार यसरुपमा समेटिन नसक्ने र पार्टीमा पुनः फुटको खतरा हुने आँकलन गरिएको थियो । निर्वाचनमा प्रतिनिधिले अध्यक्ष पदमा पराजित डा भीमबहादुर रावल र उपाध्यक्षमा पराजित घनश्याम भुसाललाई केन्द्रीय सदस्यमा विजयी गराएर आन्तरिक एकताको भावना प्रदर्शन गरेका छन्, यद्यपि डा रावलले केन्द्रीय सदस्य पदको शपथ लिएका छैनन्। अध्यक्ष ओलीले उनीहरुलाई शपथ लिन आग्रह गरिसकेका छन्। 

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनका प्रतिनिधिले गरेको फैसला पार्टीको साङ्गठनिक र राजनीतिक जीवनमा दूरगामी महत्व राख्ने खालको हुने बताए। 

महाधिवेशनपूर्व नै एमालेका अध्यक्ष ओली र अन्य नेताले पार्टीले आगामी निकट भविष्यमा विभिन्न तहका निर्वाचनमा सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले दशौँ महाधिवेशनले एकढिक्का भएर त्यसको सामना गर्ने सन्देश दिने बताउँदै आएका थिए। 

महाधिवेशनको बन्दसत्रको पहिलो दिन मङ्सिर ११ गते अध्यक्ष ओलीले पार्टीभित्र प्रतिस्पर्धा हुने र विपक्षी पार्टीसँग मात्रै प्रतिद्वन्द्वी हुने जनाएर सहमतिका लागि आह्वान गरेको थियो। एमालेको गत असोजमा सम्पन्न विधान महाधिवेशनले नीतिगत मुद्धामा छलफलसहित दस्तावेज पारित गरेकाले दशौँ महाधिवेशनमा नेतृत्व चयनको मुख्य कार्यसूची राखिएको हो । 

एमालेका नेता भुसालले विधान महाधिवेशनयता पार्टी सही विचार र नीतिमा रहेको सार्वजनिक गर्नुले एमाले नीति र मनोविज्ञानमा एकतायुक्त छ भन्ने सहज आधार पनि मिलेको छ । दशौँ राष्ट्रिय महाधिवेशनले सोही नीतिलाई पछ्याउँदै समसामयिक राजनीतिकलगायत विविध विषयमा १७ बुँदे घोषणापत्र पनि जारी गरेको छ । 

दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्धिको आधार निर्माण गर्ने मुख्य नारा बोकेको महाधिवेशनमा यस विचारमाथि कुनै विवाद उत्पन्न भएको सुनिएन ।

यही मङ्सिर १० गते चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटित महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । 

अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो । निर्वाचन हुनुलाई उनीहरुले लोकतान्त्रिक अभ्यासका रुपमा लिएका छन्। 

अध्यक्ष ओलीले भ्रम र स्वार्थका आधारमा पार्टी विभाजनमा लागेका र अन्य पार्टीमा रहेका कार्यकर्तालाई एमालेमा आएर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गरेको आह्वानलाई उहाँ र नयाँ कमिटीले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा देखाउने भावना र व्यवहारले एमालेको भावी साङ्गठनिक जीवनबारे थप आँकलन गर्न सकिनेछ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ ?

काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...

चितवनमा तोरीको उत्पादन घट्यो

चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।  कृषि विकास कार्यालयका कृषि ...

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...

नेकपाले पनि समानुपातिक सांसद आज टुंगो लगाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ।  निर्वाचन आयोगले तीन दिनभित्र सम...

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।  कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...

रास्वपा बैठकको एजेन्डा- समानुपातिक सांसद छान्नेदेखि बालेनलाई दलको नेता बनाउनेबारे छलफलसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...

अपर ठूलोखोला जलविद्युत आयोजनाको बिजुली केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...

मनकामना माइक्रोबस दुर्घटनाः ७ जनाको मृत्यु, घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार हुँदै

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  मनकामना मन्दिर दर्शन गरेर फर्कंद...

ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना

कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ ।   बजार अनुगमनका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: