Khabar Dabali ५ माघ २०७८ बुधबार | 19th January, 2022 Wed
Life insurence

भारतमा ओमिक्रोन भेरियन्ट भित्रिन नदिन उच्च सतर्कता

रासस

नयाँदिल्ली ।  हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ । भारतमा चार दिनअघि दक्षिण अफ्रिकाबाट आएका एकजना ३२ वर्षीय युवकलाई पिसीआरको रिपोर्ट पोजेटिभ आएपछि उनलाई उच्च निगरानीमा राखिएको बताइएको छ ।

तर पनि उनलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन हो कि होइन भन्ने बारेमा स्पष्ट भने भइसकेको छैन । नयाँ दिल्लीका स्वास्थ्य अधिकारीहरुले दक्षिण अफ्रिकाबाट आएका ती नागरिकमा यो नयाँ भेरियन्ट भेटिन सक्ने अनुमान मात्र गरिएको बताएका छन् ।दक्षिण अफ्रिकामा हालैमात्र भेटिएको भनिएको सो भेरियन्ट विश्वका कैयौँ देशमा फैलिइरहेको बताइएको छ । विश्वका अरु पनि कैयौँ देशले यो भाइरसबाट बच्नका लागि अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेका प्राप्त समाचारमा जनाइएको छ ।

भारतको नयाँ दिल्लीमा र अरु पनि अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइएको छ । यहाँ अफ्रिकाबाट आउने उडान रोकिएको छ । त्यस्तै यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने गरी नयाँ मापदण्डहरु लागू गरिएको छ ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न २ अर्ब अपुग

६ महिनामा निगम १९ अर्ब घाटा

मधेश प्रदेश नामाकरण गरिएकोमा असहमति राख्दै जनकपुरमा पुत्ला जलाएर विरोध

जनकपुर  । सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को नाम मधेश प्रदेश राख्नु पर्ने प्रस्तावको पक्षमा ८० मत प्राप्त भएपछि मधेश प्रदेश बहुमतले पारित भएक...

‘हात्तीको त्रासले रातभर सुत्नै पाइएन्’

झापा । बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जङ्गली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक ...

कोरोनाको नि:शुल्क परीक्षण गर्न माग

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को नि:शुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरब...

अफगानिस्तानको पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु

काबुल । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६  जनाको मृत्यु भएको छ । सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिए...

बेलायतमा बेरोजगारी दर घट्यो

लन्डन । बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोनाभाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रमाम रहेको तथ्याङ्कले मंगलबार देखाएको छ । राष्ट्रिय...

जिल्लामा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

चितवन । जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछ...

कजाकस्तानमा अशान्ति शुरु भएदेखि २,७०० भन्दा बढी व्यक्ति हिरासतमा

अल्माटी । कजाकस्तानमा अशान्ति शुरु भएदेखि कजाक सुरक्षा सेवाहरूले अल्माटीमा अवैध कार्य, लुटपाट र अन्य अपराधहरूमा संलग्न भएको आरोपमा २,७०० भन्दा बढी व्य...

ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या

डोटी । जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहि...

प्रधानमन्त्री कप क्रिकेट: पुलिस क्लब फाइनलमा प्रवेश

काठमाडौँ । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page