Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मकवानपुरमा ५९ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाए

रासस
वाग्मती । मकवानपुर जिल्लामा हालसम्म ५९ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप पर्याप्तमात्रामा रहे पनि जिल्लाका ५९ प्रतिशत नागरिकले सो खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 
 
हेटाँैडा उपमहानगरपालिकामा ८८ प्रतिशत र अन्य पालिका र स्थानीय ग्रामीण तथा दुर्गम क्षेत्रमा २४ देखि ३० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको जनाइएको छ । जिल्लामा एकमात्रा मात्र खोप लगाएका ५१ प्रतिशत र दुई मात्रा खोप लगाएका ५९ प्रतिशत रहेको बताइएको छ । मकवानपुर जिल्लामा अठार वर्षमाथिकाको जनसङ्ख्या तीन लाख चार हजार ६४७ रहेको र ती सबैलाई सो खोप दिने लक्ष्य रहेको सो कार्यालयले जनाएको छ ।
 
सबै गाउँपालिकामा खोपको व्यवस्था गरिएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो । कोरोनाविरुद्धको कार्यक्रमअन्तर्गत कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तथा हेटौँडा अस्पतालसँगको सहकार्यमा नियमितरुपमा कार्यक्रम सञ्चालन भइरहेको र कोरोनाविरुद्धको खोपको विवरण सङ्कलन भई सार्वजनिक पनि हुँदै आएको कार्यालयले जनाएको छ ।
 
कोरोना नियन्त्रणका साथै कोरोना सङ्क्रमितको सहज उपचारका लागि १७ वटा एम्बुलेन्समा जिपिएस जडान गरी कोरानाविरुद्धको खोपलाई प्राथमिकतामा राखेर खोप दिइएको कार्यालयले जनाएको छ ।
 
साथै सो कार्यालयले क्षयरोग, कुष्ठरोग, मानसिक रोग र एचआइभी सङ्क्रमको उपचार भइरहेको बताइएको छ । सो कार्यालयले चालू आर्थिक वर्षमा विभिन्न स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्दै आएको छ । 
 
यस कार्यालयबाट बाल स्वास्थ्य कार्यक्रमअन्तर्गत पोषण कार्यक्रम, बालबालिकामा नियमित खोप, बालभिटा, जुकाको औषधि वितरण, परिवार स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत सुरक्षित मातृत्व  सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजनसम्बन्धी सेवाका स्थायी साधन र विभिन्न आवश्यक सामग्री स्थानीय तहसँग समन्वय गरेर सेवा उपलब्ध गराइएको छ ।
 
यस्तै सामुदायिक  स्वास्थ्य सेवाअन्तर्गत गाउँघर क्लिनिक, सुत्केरी सेवा तथा राष्ट्रिय भिटामिन ए कार्यक्रम र गर्भ जाँच गर्ने जस्ता सेवालगायतका जनचेतना कार्यक्रम सो कार्यालयले गर्दै आएको बताइएको छ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending