Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

आर्थिक पुनरुत्थान गर्न निजी क्षेत्रसँग हातेमालो आवश्यक : अर्थमन्त्री

खबरडबली संवाददाता

काठमाडाै‌ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । आज नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सार्वजनिक निजी साझेदारीमा निजी क्षेत्रले पूर्वाधार निर्माणमा समेत हात हाल्नुपर्ने र यसमा सरकारले सघाउने विश्वास दिलाउनुभयो ।

आर्थिक पत्रकार सम्मान केशव गौतलाई तथा आर्थिक जर्नल ‘अर्थचित्र’ विमोचन गर्दै मन्त्री शर्माले कोभिड–१९ पछि खस्किएको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन तथा विकास निर्माण तथा आर्थिक समृद्धिलाई गति दिन सरकार निजी क्षेत्रसँग सँगसँगै हिँड्न तयार रहेको बताए।

उनले मुलुकको अर्थतन्त्र मजबुत बनाउनै लागि भए पनि सरकारले निजी क्षेत्रको साथ चाहेको उनको भनाइ थियो । “मुलुकको अर्थतन्त्रको पुनरुत्थान तथा विकासका लागि सार्वजनिक निजी क्षेत्रको साझेदारी तथा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण रहँदै आएको छ । यसको वातावरण बन्नेमा म विश्वस्त छु”, उनले भने “निजी क्षेत्रको विकासका लागि पनि सरकारले सोचिरहेको छ । निजी क्षेत्रलाई सहुलियत दिने सन्दर्भमा, सहजीकरण गर्ने सन्दर्भमा सरकार सधैँ तयार छ । सहुलियत कहाँकहाँ दिन सकिन्छ त्यो सरकारले तयारी गरिरहेको छ । मैले त्यो गम्भीरतापूक लिएको छु ।”

सो अवसरमा मन्त्री शर्माले मुलुकको अर्थतन्त्रको आकार निकै सानो भएकाले सबै क्षेत्रलाई एकैपटक उठाउन नसकिने र त्यो सम्भव पनि नभएकाले क्रमशः विकास गर्दै जानुपर्नेमा जोड दिए। “हाम्रो पूँजी निकै सानो आकारको छ । यसले सामाजिक आर्थिक, पूर्वाधारका क्षेत्र, स्वास्थ्य शिक्षाको क्षेत्रको विकासका लागि अर्थतन्त्र विकासमा जोड दिनुपर्नेछ”, उनले भने, “यसका लागि सरकारी–निजी साझेदारीको अहम भूमिका रहन्छ ।” उनले विकास निर्माणमा निजी क्षेत्रलाई पनि सहभागि गराउने उद्देश्यले सरकारले तयारी गरिरहेको जानकारी गराए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

एमाले केन्द्रीय कमिटीमा तीन सय एक सदस्यीय हुने

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम  केन्द्रीय कमिटी ...

आफैंले हत्या गरेर श्रीमती बेपत्ता भन्दै प्रहरीमा जाहेरी दिन पुगे श्रीमान

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा एक जना श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्नेमा संखुवासभा मादीका प्रेम दोर्ची शेर्पा रहेका छन्। उनले नै यसअ...

मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

तनहुँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छन् । जामुनेबाट पोखरासम्म पर्...

कर्णाली प्रदेशमा नेकपाको संसदीय दल नेता चयनमा प्रचण्डको चासो, छलफलबाटै टुङ्ग्याउन निर्देशन

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियाबारे चासो व्यक्त गरेका छन...

एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने

काठमाडौँ । नेकपा एमालेको बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिउँसो ३ बजेदेखि ...

महान्यायाधीवक्ता सविता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट निलम्बित

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भ...

कांग्रेस लमजुङबाट २४ जनाको नाम सिफारिस

लमजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आंकाक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।  ...

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ । बन्दसत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending