बैतडी । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत बैतडीमा जिल्ला सभापतिका लागि दुई जना चुनावी मैदानमा रहेका छन् । मङ्गलबार हुने निर्वाचनका लागि चतुरबहादुर चन्द र शिवराज भट्टले आआफ्नो समूह बनाएर नै चुनावी मैदानमा उत्रिएका हुन् ।
जिल्लाको नयाँ नेतृत्व निर्वाचनमार्फत नै हुने देखिएको छ । यसअघि शनिबार सम्पन्न दुइवटै प्रदेशसभा क्षेत्रको नेतृत्व पनि निर्वाचनबाटै चयन भएको थियो । प्रदेशसभा क्षेत्र (क)मा विष्णुप्रसाद भट्ट र प्रदेशसभा क्षेत्र ९ख०मा शिवराज भट्ट विजयी भएका छन् । प्रदेश क्षेत्रमा सोचेअनुसारको नतिजा नआए पनि आफ्नो टिम जिल्लाका लागि कमजोर नभएको भट्ट समूहका सचिवका उम्मेद्वार रमेशसिंह भण्डारीको दाबी छ । उनले भने, “नेतृत्व हाम्रो टिमले पाउनेमा ढुक्क छौँ ।”
यता चन्द समूह भने प्रदेशसभाको नतिजा हेर्दा आफू जित्नेमा ढुक्क रहेको छ । प्रदेशसभाको नतिजाले पनि अगाडि रहेकाले जिल्लाको नेतृत्व आफ्नो टिमले चन्द समूहबाट उपसभापतिका उम्मेदवार रमेश पाण्डेयले बताए । चतुरबहादुरको प्यानलबाट उपसभापतिमा रमेश पाण्डेय र खगेन्द्रसिंह धामी, सचिवमा प्रेमबहादुर चन्द र देवराज जोशी, सहसचिवका लागि दिपेन्द्रबहादुर चन्द र दशरथसिंह चाडको उम्मेदवारी रहेको छ ।
शिवराज प्यानलमा वीरबहादुर विष्ट र हरिसिंह धामी उपसभापति, सचिवमा रमेशसिंह भण्डारी र कर्णबहादुर बोहरा, सहसचिवमा रमेश कोली र घनश्याम भट्टको उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला अधिवेशन मङ्सिर ७ गते तोकिएको छ जसमा एक हजार ४०० क्षेत्रीय प्रतिनिधिले मत खसाल्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: