Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

चितवन महानगरको विकासका लागि मन्त्रालयको ध्यानाकर्षण गराउँदै प्रचण्ड

खबरडबली संवाददाता

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। 

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रममा उनले यहाँका महत्वपूर्ण विकासका आयोजनालाई सम्पन्न गर्न सहभागी मन्त्री, सचिव र विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको हो ।

महानगरको आधाभन्दा बढी भूभाग अध्यक्ष दाहालको निर्वाचन क्षेत्रमा पर्दछ । कार्यक्रममा उनले ८÷१० वर्षभित्र विकासमा भरतपुर महानगर र चितवनले क्रान्ती ल्याउने बताए । यसलाई देशव्यापीरुपमा बिस्तार गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । नारायणी नदी तटबन्धन गरेर हजारौँ बिघा जमिन संरक्षण गर्न सकिने भन्दै उहाँले यसबाट सुन्दर नगर बनाउन सहयोग पुग्ने बताए। 

भरतपुर महानगरमा भएको विमानस्थल बिस्तारको काम अघि बढेको, नारायणी नदीमा सिग्नेचर पुलको काम अघि बढाइएको, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा, निस्सा र स्थानान्तरणको प्रक्रिया अघि बढेको, रिङरोड र लिङ्क रोडको काम अघि वढेको भन्दै देशकै नमूनाका रुपमा भरतपुरमा विकास गति लिएको उनको भनाइ थियो ।

आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन र सहयोगका लागि उनले उपस्थित मन्त्री, सचिव र महानिर्देशकसँग अनुरोध गरे। कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई किसानसँग जोडेर काम गर्न उनले सुझाव दिए । 

देशभरिका जनताको ध्यान चितवनतर्फ आकर्षण भएको भन्दै उनले यसका पछि धेरै कारण रहेका छन् भने । उनले भने, “यसभित्र केही लुकेको छ । मलाई थप जिम्मेवारी बढाएको छ ।” फरक प्रसङ्गमा उनले वामपन्थी एकताका लागि ठूलो सपना देखेको भए पनि त्यो पूरा गर्न नसकेको बताए । उनले भने, “हिजो देखेको सपना विल्कुल गलत होइन । तोड्नका लागि भित्र र बाहिरी जुनजुन शक्ति लागे बुझ्न जरुरी छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज कतिले बढ्यो सुनचाँदीको मूल्य ?

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।  आज छापावाल सुनको मू...

रवि, कुलमान र बालेनबीच आज त्रिपक्षीय भेट हुँदै

काठमाडौँ । वैकल्पिक राजनीतिक शक्तिहरूबीच मोर्चाबन्दीको तयारी भइरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर ...

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबिच छलफल, निर्वाचनको वातावरण छिटो बनाउन देउवाको आग्रह

काठमाडौँ। वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रम...

प्रधानमन्त्रीले देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार निर्वाचनबारे छलफल हुने भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइ...

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending