Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

माओवादी जुम्लाको ५२ वडाको नेतृत्व चयन, को कहाँ ?

खबरडबली संवाददाता
जुम्ला । नेकपा (माओवादी केन्द्र) जुम्लाका ५२ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । माओवादीले यही मङ्सिर ४ गते एकैसाथ सुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडामध्ये ५२ वडाको नेतृत्व चयन गरिएको माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ ।
 
माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका इञ्चार्ज गोमा कुँवरका अनुसार हालसम्म ५२ वडाको नेतृत्व चयन भइसकेको र बाँकी एक वडाको एक/दुई दिनमा सकिने भएको छ । माओवादी नेता पूर्णप्रसाद धितालका अनुसार प्रदेश (ख) कनकासुन्दरीका आठ, सिंजाका छ, हिमाका सात र तिलाका नौ वडाका सम्मेलनबाट नेतृत्व चयन भई सम्पन्न भइसकेको छ । 
 
यता गुठीचौर गाउँपालिकाका इञ्चार्ज भवानीप्रसाद अधिकारीका अनसार गुठीचौरका पाँच वडामध्ये ४ र ५ गते दुई वडाको सम्मेलनसहित नेतृत्व चयन भइसकेका र बाँकी तीन वडाका अधिवेशन भइरहेका छन् । चन्दननाथ नगरपालिकाका अध्यक्ष ललितजंग महतका अनुसार वडा नं ५ बाहेक नौ वडाको सम्पन्न अधिवेशन भइसकेको र अरुको हुने तयारी भएको जानकारी दिए। 
 
यता पातारासी गाउँपालिकाका–४ वटा वडा सम्मेलनबाट नेतृत्व भइसकेको र बाँकी तयारी भइरहेको माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । सबै वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । माओवादीको वडा समिति २९ सदस्यीय हुने व्यवस्थाअनुसार वडास्तरको नेतृत्व चयन भएको हो । यसैगरी हरेक टोल कमिटी १९ सदस्यीय र सेल कमिटी १५ जनाको गठन गरिएको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सांसद खरेलले 'प्रतिपक्षी दलहरूले तमासा देखाएको' भनेपछि हंगामा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...

हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ: प्रधानमन्त्री शाह

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...

१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलको अवरोधकाबीच बैठक अगाडि बढाएका सभामुख डोलप्रसाद अर्यालले होहल्ला चर्को सुन...

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने मागमा सभामुखको समर्थन, छिट्टै आउने विश्वास

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले उठाएको अडानमा सभामुख डोलप्रसाद अर्यालले समर्थन जनाएका छन् । ...

प्रधानमन्त्री संसद्मा नआएसम्म कार्यसूची अघि नबढाउन विपक्षीको अडान

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म प्रतिनिधि सभाको कार्यसूची अघि नबढाउन विपक्षी दलहरूले सभामुखलाई आग्रह गरेका छन् । मङ्गलबा...

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै विपक्षीद्वारा संसद् अवरोध

काठमाडौँ । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्...

प्रधानमन्त्रीले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर...

अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौं । दुर्गा प्रसाईं रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल...

अर्घाखाँचीमा जंगली च्याउ खाँदा महिलाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका –१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उ...

संसदमा हप्तामा दुई दिन बिदा दिने निर्णय पुनर्विचार गर्न सांसदको माग

काठमाडौँ। सत्तारुढ राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आइतवार र शनिबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending