हेटौंडा । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सत्ताबाहिर भए पनि नेपाली राजनीतिको मूलधार एमाले भएको बताएका छन् ।
हेटौँडामा नेकपा (एमाले) मकवानपुरको विस्तारित बैठकमा आज नेता रायमाझीले एमाले फेरि पनि राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित हुने जिकिर गरे। उनले एमालेले अँगालेको ‘समृद्ध नेपाल, सुखी नेपालीको’ नारा र त्यसका लागि अवलम्बन गरेको समाजवाद उन्मुख बाटोका कारण एमाले आगामी निर्वाचनमा समेत प्रथम शक्ति बन्ने बताए ।
नेता रायमाझीले केपी ओली नेतृत्वको सरकारले देशको आर्थिक र सामाजिक रुपान्तरणका लागि गरेको कामबाट देशीविदेशी शक्ति आत्तिएर नयाँ सरकार स्थापना गर्नेसम्मको हर्कत भएको आरोप लगाए। उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन चाहनेले अझै पनि एमालेलाई प्रहार गरिरहेको उल्लेख गरे । चितवनमा हुने १०औँ महाधिवेशनको तयारीका सन्दर्भमा नेकपा एमाले जिल्ला कमिटीको विस्तारित बैठक बसेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...
आषाढ़ ११ गते, २०८३ - १३:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...
आषाढ़ ११ गते, २०८३ - १२:५५
काठमाडौं । भेनेजुएलामा ४० सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्। खोज तथ...
आषाढ़ ११ गते, २०८३ - १२:४२
धनगढी । कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। मोहन्याल गाउँ...
आषाढ़ ११ गते, २०८३ - १२:३२
काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको ...
आषाढ़ ११ गते, २०८३ - १२:२२
काठमाडौं । राष्ट्रिय सभाको आज दिउँसो १:१५ बजे बस्ने तय भएको बैठक अन्तिम समयमा सूचना प्रकाशित गरी स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले जारी गरेको ...
आषाढ़ ११ गते, २०८३ - १२:०८
कैलाली। कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक जवान गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय क...
आषाढ़ ११ गते, २०८३ - ११:४७
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ हजार २ सय र चाँदी २५० रुपैयाँल...



प्रतिकृया लेख्नुहोस्: