काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसाबले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउन आवश्यक रहेको बताएका छनु् ।
परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले जनताको सचेत प्रयासबाट लोकतन्त्रलाई साँच्चिकै लोकतान्त्रिक अभ्यासबाट अघि बढाउन जागरुक र एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरे ।
अध्यक्ष ओलीले भने, “लोकतन्त्र कसैका लागि ठगेर खाने भाँडो बनाइनु हुन्न, अदालत निष्पक्ष, भरोसायोग्य, स्वतन्त्र र मर्यादित होस्, सेटिङमा नचलोस्, जनताको विश्वास जितोस् भन्नेमात्रै हाम्रो चाहना हो ।”
न्याय नपाए गोरखा र काशी होइन, हाम्रौ अदालत जानु भन्ने परिस्थिति बनोस् भन्ने चाहना रहेको उल्लेख गर्दै उनले भने, “अदालत संविधान लेख्ने र संशोधन गर्ने ठाउँ होइन, व्याख्या गर्ने ठाउँ हो, संवैधानिक अदालतले व्याख्या मात्र गर्ने हो, हेरफेर गर्न र स्पष्ट लेखेका कुरालाई उल्लङ्घन गर्न सक्दैन ।”
राजनीतिमा संलग्न हुन नहुने, तटस्थ बस्नुपर्ने संस्थाका विषयमा सेटिङका विषय आउन हुन्थेन भन्दै पूर्वप्रधानमन्त्री ओलीले भने, “न्यायमूर्तिले राजनीतिक पूर्वाग्रहबाट होइन, हामीले आन्दोलन गरेर ल्याएका संस्था सुसंस्कृत र लोकतान्त्रिक हुनुपर्छ, लोकतन्त्र भनेको कानुनको राज हो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १४:५९
काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले उठाएको अडानमा सभामुख डोलप्रसाद अर्यालले समर्थन जनाएका छन् । ...
जेष्ठ १२ गते, २०८३ - १४:५४
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म प्रतिनिधि सभाको कार्यसूची अघि नबढाउन विपक्षी दलहरूले सभामुखलाई आग्रह गरेका छन् । मङ्गलबा...
जेष्ठ १२ गते, २०८३ - १४:४४
काठमाडौँ । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्...
जेष्ठ १२ गते, २०८३ - १४:३३
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर...
जेष्ठ १२ गते, २०८३ - १३:४०
काठमाडौं । दुर्गा प्रसाईं रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल...
जेष्ठ १२ गते, २०८३ - १३:३४
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका –१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उ...
जेष्ठ १२ गते, २०८३ - १३:२६
काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आइतवार र शनिबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई...
जेष्ठ १२ गते, २०८३ - १३:१४
काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले पार्टीका सबै कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्र...
जेष्ठ १२ गते, २०८३ - १३:०४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मल उपलब्ध गराउन सरकारसँग माग गरेको छन् । मङ्गलबार प...
जेष्ठ १२ गते, २०८३ - १२:५१
काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट व्यहोरेको भीभीआईपी उपचार खर्च एमालेले पार्टी कोषबाट फिर्ता गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। यस विषयमा...



प्रतिकृया लेख्नुहोस्: