Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

जलवायु परिवर्तनका कारण सिर्जित सङ्कटप्रति राष्ट्रपति चिन्तित

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका सङ्कटका बारेमा चिन्ता व्यक्त गरेका छन् । 

पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण विश्व नै सङ्कटतर्फ धकेलिएको बताइन् । उनले भनिन्, “जलवायु परिवर्तनबाट सिर्जित समस्याको सामना गरिरहनुपर्ने अवस्थामा छौँ । जलवायु परिवर्तनका कारण सिर्जित समस्याको असर हामीले भोगिरहेका छौँ । विश्वको जलवायु परिवर्तनको सङ्कटको धक्का हामीलाई पनि लागेको छ”, 
 
काठमाडाँै विश्वकै उत्कृष्ट सांस्कृतिक नगरका रुपमासमेत चिनिएको भए पनि धुवाँधुलोका कारणले गर्दा प्रदूषण फैलिएर यहाँको जनस्वास्थ्यमा गम्भीर क्षति पु¥याइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले यसबाट बच्नका लागि पर्यावरणलाई स्वच्छ र सन्तुलित कायम राख्नुपर्नेमा जोड दिइन्। राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर रोक्न अनूकलनका औजार तथा साधनको प्रयोग गर्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।
 
उनले काठमाडौँ उपत्यकामा इँटाभट्टा र पेट्रोलियम सवारीका कारण प्रदूषण बढेको भन्दै धेरै प्राकृतिक ऊर्जाको प्रयोग हुने क्षेत्रमा विद्युत्को प्रयोग गर्न सकिए प्रदूषण र व्यापार घाटा कम हुने बताइन् । “वायु प्रदूषणको असर कम गर्न विद्यमान यातायात व्यवस्थालाई विद्युतीय यातायातमा रुपान्तरण गर्नुपर्छ”, उनले भनिन्, “काठमाडौं उपत्यकामा मात्र विद्युतीय सवारी सञ्चालनको व्यवस्था गर्न सकिए यहाँका वातावरण स्वच्छ हुन्छ, पेट्रोलियम पदार्थको आयातका कारण थपिएको बोझ कम हुन्छ, यसबाट वायुप्रदूषण कम हुने मात्र नभई व्यापार घाटा सन्तुलनमा ल्याउन पनि बल पुग्छ ।”

राष्ट्रपति भण्डारीले आयात वृद्धिसँगै दिन प्रतिदिन मुलुकको व्यापार घाटा बढिरहेकामा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्न जरुरी रहेको बताइन् । नेपालमा रहेको स्वच्छ विद्युतीय ऊर्जाको ठूलो भण्डारलाई आत्मनिर्भरताका लागि प्रयोग गर्न सुझाव दिदैं उनले नेपाल कृषि प्रधान देश भए पनि कृषिजन्य र वनजन्य उत्पादनमा हामी आत्मनिर्भर हुन नसक्दा मुलुकले ठूलो व्यापार घाटा व्यहोर्नुपरेको बताइन् । 

“प्रकृतिक सम्पदा र स्रोतले भरिपूर्ण देश भएर पनि हामीले त्यसलाई राष्ट्रको सम्मुन्नति र जनजीवनको समृद्धिका लागि आवश्यकताअनुसार प्रयोग गर्न नसक्दा चुलिएको व्यापार घाटाको अवस्थाले गर्दा हामी परनिर्भरतातर्फ गइरहेको छौँ”, उनले भनिन्, “मुलुकको विकासका लागि आत्मनिर्भरतामा ध्यान दिनुपर्छ, आत्मनिर्भर हुनसक्ने हामीसँग पर्याप्तमात्रामा स्रोत र साधन छन् ।”
  
राष्ट्रपति भण्डारीले मुलुकको समृद्धिमा स्थानीय साधन स्रोतको उचित प्रयोग गर्नुपर्नेमा जोड दिँदै आत्मनिर्भरतामार्फत परनिर्भरतालाई कम गर्दै लैजानुपर्ने बताइन्। “परनिर्भरतालाई कम गर्दै लैजान हामीसँग भएका स्रोतसाधनको प्रयोग गर्नुपर्दछ”, उनले भनिन् “मुलुकमा विद्युत् उत्पादन बढिरहेको छ, तर हामीले पर्याप्त प्रयोग गर्न सकेका छैनौँ ।” विद्युत्को आन्तरिक खपत बढाउन पर्याप्त पूर्वाधार नरहेको भन्दै उहाँले स्वदेशमै उत्पादित विद्युत्को प्रयोग गरेर वायु प्रदूषण र व्यापार घाटा कम गराउन सकिने बताउनुभयो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने मागमा सभामुखको समर्थन, छिट्टै आउने विश्वास

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले उठाएको अडानमा सभामुख डोलप्रसाद अर्यालले समर्थन जनाएका छन् । ...

प्रधानमन्त्री संसद्मा नआएसम्म कार्यसूची अघि नबढाउन विपक्षीको अडान

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म प्रतिनिधि सभाको कार्यसूची अघि नबढाउन विपक्षी दलहरूले सभामुखलाई आग्रह गरेका छन् । मङ्गलबा...

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै विपक्षीद्वारा संसद् अवरोध

काठमाडौँ । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्...

प्रधानमन्त्रीले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर...

अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौं । दुर्गा प्रसाईं रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल...

अर्घाखाँचीमा जंगली च्याउ खाँदा महिलाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका –१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उ...

संसदमा हप्तामा दुई दिन बिदा दिने निर्णय पुनर्विचार गर्न सांसदको माग

काठमाडौँ। सत्तारुढ राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आइतवार र शनिबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई...

कार्यक्रमहरूमा हर्क साम्पाङको तस्वीर अनिवार्य राख्न उर्दी

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले पार्टीका सबै कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्र...

किसानलाई समयमा मल उपलब्ध गराउन रास्वपा सांसद सिंहको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मल उपलब्ध गराउन सरकारसँग माग गरेको छन् । मङ्गलबार प...

भीभीआईपी उपचार खर्च फिर्ताबारे ओली मौन, एमालेभित्रै असन्तुष्टि

काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट व्यहोरेको भीभीआईपी उपचार खर्च एमालेले पार्टी कोषबाट फिर्ता गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। यस विषयमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending