Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

शनिबार छ हजार ७४३ वडामा सम्मेलन गर्दै माओवादी, सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह

खबरडबली संवाददाता
काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले शनिबार देशभर नै वडा सम्मेलन गर्ने भएको छ । वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 
 
माओवादीले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासमेत तय गरेको छ । 
 
माओवादीले वडा समितिको चयन गर्दा सकेसम्म सर्वसहमतिमा गर्न भनेको छ । निर्वाचन हुने अवस्था आएको खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पङ्क्तिलाई आग्रह गरेको छ । 
 
वडा सम्मेलनका क्रममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।”   
 
माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । माओवादीले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
 
निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले वडाको नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत गर्न र नभए मात्रै निर्वाचनको प्रक्रियामा जाने गरी नीतिगत व्यवस्था गरिएको जानकारी दिए। उनले भने, “सर्वसम्मत नेतृत्व चयन भयो भने निर्वाचन समितिले विधि प्रक्रिया पूरा गर्दछ । यदि सर्वसम्मत भएन भने निर्वाचन प्रक्रियामा जान्छौँ । त्यसका लागि आवश्यक व्यवस्था गरिएको छ ।”
 
उनका अनुसार शनिबार देशभरका छ हजार ७४३ वटा वडामा सम्मेलन गर्ने तयारी पूरा भएको छ । माओवादीको हालसम्म झण्डै आठ लाखले पार्टी सदस्यताको विवरण उपलब्ध गराएको जनाएको छ । केही विवरण प्रविष्ट गर्न बाँकी रहेकोसमेत सो पार्टीले उल्लेख गरेको छ ।  
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने मागमा सभामुखको समर्थन, छिट्टै आउने विश्वास

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले उठाएको अडानमा सभामुख डोलप्रसाद अर्यालले समर्थन जनाएका छन् । ...

प्रधानमन्त्री संसद्मा नआएसम्म कार्यसूची अघि नबढाउन विपक्षीको अडान

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म प्रतिनिधि सभाको कार्यसूची अघि नबढाउन विपक्षी दलहरूले सभामुखलाई आग्रह गरेका छन् । मङ्गलबा...

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै विपक्षीद्वारा संसद् अवरोध

काठमाडौँ । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्...

प्रधानमन्त्रीले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर...

अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौं । दुर्गा प्रसाईं रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल...

अर्घाखाँचीमा जंगली च्याउ खाँदा महिलाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका –१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उ...

संसदमा हप्तामा दुई दिन बिदा दिने निर्णय पुनर्विचार गर्न सांसदको माग

काठमाडौँ। सत्तारुढ राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आइतवार र शनिबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई...

कार्यक्रमहरूमा हर्क साम्पाङको तस्वीर अनिवार्य राख्न उर्दी

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले पार्टीका सबै कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्र...

किसानलाई समयमा मल उपलब्ध गराउन रास्वपा सांसद सिंहको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मल उपलब्ध गराउन सरकारसँग माग गरेको छन् । मङ्गलबार प...

भीभीआईपी उपचार खर्च फिर्ताबारे ओली मौन, एमालेभित्रै असन्तुष्टि

काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट व्यहोरेको भीभीआईपी उपचार खर्च एमालेले पार्टी कोषबाट फिर्ता गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। यस विषयमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending