चितवन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले निर्वाचनमा गठबन्धन गर्दा सम्बन्धित जिल्लाको रायअनुसार गर्ने बताएका छन् । नेपाली कांग्रेस भरतपुर महानगरपालिका–७ ले आज यहाँ आयोजना गरेको ‘दलमा रूपान्तरण, देश रुपान्तरणका लागि एवं ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रमर्मा उहाँले कांग्रेसले निर्वाचनमा गठबन्धन गर्दा जिल्ला र त्यहाँका महाधिवेशन प्रतिनिधिको रायअनुसार गर्ने बताएको हो ।
उनले भने, “आम निर्वाचनमा एक्लै लड्ने कि गठबन्धन बनाएर निर्वाचन लड्ने भन्ने विषयमा जिल्लाको, महाधिवेशन प्रतिनिधिको रायअनुसार हुन्छ । काठमाडौंमा बसेकाले निर्णय गरेर लाद्ने काम हुँदैन ।” केन्द्रको निर्णयले तल्लो तहका नेता कार्यकर्ताको भावनामा ठेस पुग्न नहुने उनले बताए ।
कार्यक्रममा उनले कांग्रेसले १, २, ३, ४ को नीति अपनाएर पार्टीभित्र रूपान्तरणको सुरुआत गर्नुपर्ने बताए। उनले भने, “एकपटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद भएपछि एग्जिट ९बाहिरिनु० हुनुपर्छ ।” चार पटकसम्मको संसदीय कार्यकालभित्र सबै भए वा नभए पनि पछि लोभ गर्न नहुने उनको भनाइ थियो ।
देशमा रूपान्तरण गर्न समाज रूपान्तरण हुन जरुरी रहेको भन्दै उनले जनतालाई बुझाउन सक्ने कांग्रेस बनाउनु आवश्यक रहेको बताए । कांग्रेसले सरकारमा रहँदा गरेका कामलाई बुझाउने काम गर्नु आवश्यक रहेको उनको भनाइ थियो । प्रवक्ता शर्माले भने, “कांग्रेस महाधिवेशनपछि १५ वर्षे नीति अधिवेशन बनाएर अघि बढ्नु पर्छ ।” पन्ध्र वर्ष काङ्ग्रेसले देश चलाउँदा कस्तो बनाउने भन्ने स्पष्ट नीतिका साथ जनतामाझ जानु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।
हरेक वर्गका जनताको भावनाअनुसार कांग्रेसलाई चलाउनका लागि दलमा रूपान्तरण र देश रूपान्तरणका लागि आफूले ४२ बुँदे अवधारणा पत्र अघि सारेको भन्दै उनले अब देश बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको जिकिर गरे । कांग्रेसलाई बलियो बनाउनका लागि गाउँतहबाटै बलियो बन्नुपर्ने उनको तर्क थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १४:०९
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्णायक भेटवार्ता तयारी अन्तिम चरणमा पुगेको छ। केह...
पौष ११ गते, २०८२ - १३:५६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सञ्चारमन्त्री जगदीश खरेलबीच शुक्रबार भेटवार्ता भएको छ। सञ्चारमन्त्री खरेल प्रचण्डलाई भेट्न उनकै...
पौष ११ गते, २०८२ - १३:४८
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनस...
पौष ११ गते, २०८२ - १३:४१
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएको छन् । उच्च शिक्षालय तथा माध्यमिक विद...
पौष ११ गते, २०८२ - १३:१४
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानको ४५ दिनअघि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। आयोगल...
पौष ११ गते, २०८२ - १२:५१
काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष तथा नि:वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भे...
पौष ११ गते, २०८२ - १२:३७
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा आज मन्त्रीका रूपमा सरकारमा सहभागी हुँदैछन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई आज दिउँसो २ बजे शपथ गर...
पौष ११ गते, २०८२ - १२:२१
काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। आज छापावाल सुनको मू...
पौष ११ गते, २०८२ - ११:१६
काठमाडौँ । वैकल्पिक राजनीतिक शक्तिहरूबीच मोर्चाबन्दीको तयारी भइरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर ...
पौष ११ गते, २०८२ - ११:१२
काठमाडौँ। वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रम...




प्रतिकृया लेख्नुहोस्: