काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै छ। यही ११ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन हुँदैछ।
महाधिवेशनको तयारी तिव्र रुपमा भइरहेको राप्रपा प्रचार विभाग संयोजक मोहन श्रेष्ठले जानकारी दिए। पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन राप्रपाले नेतृत्व चयन गर्न लागको उनले बताए।
उनका अनुसार ४ र ५ गते राप्रपाका महाधिवेशन प्रतिनिधि छनोट हुने कार्यतालिका रहेको छ ।
उनी भन्छन्, ‘महाधिवेशनको तयारी तिव्र रुपमा भइरहेको छ। महाधिवेशनबाट पहिलो पटक सबै निर्वाचित पदाधिकारी ल्याउनेगरी पार्टीको विधान बन्दैछ।’
सोमबार मात्रै राप्रपाले प्रदेश अधिवेशन गरेको थियो। प्रदेश अधिवेशनपछि राप्रपाको तीनै अध्यक्ष महाधिवेशनमा केन्द्रीत भएर आफैंलाई अध्यक्षको दावेदारको रुपमा प्रस्तुत गर्ने तिव्र तयारीमा छन्।
‘अहिलेसम्म अध्यक्षमा अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीसहित राजेन्द्र लिङ्देन र धवल शम्शेर राणाले दाबी गरिराख्नुभएको छ’ राप्रपा निकट स्रोतले भन्यो, ‘महाधिवेशन केन्द्रीत भएर यहाँ धेरै समीकरण बन्ने र भत्किने क्रम जारी छ। अहिल्यै कसले कसलाई समर्थन गर्छ भन्ने भन्न सक्ने अवस्था छैन।’
अध्यक्षत्रयलाई अभिभावकको रूपमा रहेर नेतृत्व सम्हाल्न तयार भएको लिङ्देनलाई अध्यक्ष थापाले साथ दिने सम्भावना कमै मात्रै भएको स्रोतको दाबी छ।
‘सकेसम्म उहाँ आफै एक अध्यक्षको नेतृत्व चलाउने दौडमा हुनुहुन्छ। त्यसैले उहाँले लिङ्देनलाई साथ दिनुहुन्छ भन्ने लाग्दैन’ स्रोतले भन्यो, ‘अध्यक्ष थापा मात्रै नभएर राणा र लोहनी पनि समीकरण बनाउन मै व्यस्त हुनुहुन्छ।’
अध्यक्षत्रयकै फेरि दाबी रहेकाले राप्रपामा पनि नयाँ नेतृत्व आउने सम्भावना कमै रहेको नेताहरु बताउँछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: