काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा १० बुँदे सहमतिको विवाद उत्कर्षमा पुगेको छ। अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयन नगर्ने अडान लिएपछि विवाद बढेको हो।
अन्य प्रदेशमा १० बुँदे सहमति कार्यान्वयन भइसकेको भएपनि उपाध्यक्ष भीम रावलको हकमा लागू भएको छैन। उपाध्यक्ष रावल पार्टी विभाजनअघि माधवकुमार नेपाल समूहमा रहेर ओलीको चर्कोे विरोध गर्नेमध्येको एक हुन्।
ओलीले सुदुरपश्चिम प्रदेशबाट आफ्नो इन्चार्जको जिम्मेवारी खोसेपछि रावल रुष्ट छन्। ओलीले माओवादी केन्द्रबाट आएका लेखराज भट्टलाई प्रदेश इन्चार्ज बनाएका छन्। ओलीले भट्टलाई तोकेपनि रावलले पनि आफ्नो दाबी छाडेका छैनन्।
सोही विवाद चर्किँदै जाँदा उपाध्यक्ष रावल पक्षले कैलाली क्षेत्र नं २ मा समानान्तर ढंगले महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारी गरेको छ। संस्थापन पक्षले यसअघि नै महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ।


एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँले मंगलबार सार्वजनिक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधि चयन गर्ने बताएका हुन्।
बुधबार १० बजे महाधिवेशन प्रतिनिधि चयनका लागि लागि भनेर भेला बोलाएको बजगाईँले उल्लेख गरेका छन्।
बजगाईँले फेशबुकमा निमन्त्रणको लागि आह्वान गर्दै लेखेका छन्, ‘मंसिर १० -१२ गतेसम्म चितवनमा हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नं २ बाट ६ पुरूष र ३ महिला गरि जम्मा ९ जना प्रतिनिधि छनोट गर्न देहायको मिति, समय र स्थानमा कैलाली क्षेत्र नं २ का सम्पूर्ण संगठित सदस्यको भेला आयोजना गरि छनोट गर्नुपर्ने भएकाले यस क्षेत्रमा रहेका हाम्रो पार्टीका सम्पूर्ण संगठित सदस्य कमरेडले यसै सूचनालाई आधार मानी उपस्थित भइदिनहुन हार्दिक अनुरोध गर्दछु।’
उनले महाधिवेशन प्रतिनिधि छनोट भइसकेको भन्ने भ्रम नपर्न आग्रह गरेका छन्। केहि अराजक, विधि पद्धति निति नियम नमान्ने तत्वद्वारा भ्रम फैलाइएको आरोप लगाएका छन्।
प्रतिनिधिका लागि सकेसम्म सर्वसम्मत तरिकाले नभए विधान अनुसार निर्वाचन माध्यमबाट हुने बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: