चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले सोमबार शिष्टचार भेट गरेका छन्। भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भेटवार्ता भएको हो।
राजदूत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासबारे जिज्ञासा राखेका थिए। राजदूत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि र अनुसन्धानलाई आदानप्रदान गर्ने गरी सम्झौताअनुसार काम अगाडि बढाइरहेको बताए। उनले चितवन आएर स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफू हर्षित भएको बताएका दाहालका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीले बताए।
राजदूत मोहम्मदले नेपाल प्रकृतिको सुन्दर मुलुक रहेको भन्दै पर्यटन प्रवर्द्धनमार्फत नेपालले लाभ लिन सक्ने बताए। दुई देशका नागरिकबीचको सम्बन्धलाई अझै सुमधुर बनाउन आफू लागि पर्ने राजदूत मोहम्मदको भनाइ थियो। कतारमा रहेका नेपाली कामदारको सुरक्षा र रोजगारीमा कतार सरकारले विशेष चासो राखेको राजदूत मोहम्मदलाई उद्धृत गर्दै अधिकारीले बताए।
कतारमा पाँच लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्रमा रोजगार तथा पछिल्ला दिनमा कतारमा लगानीसमेत गरी व्यापार व्यवसाय गरिरहेका छन्। महानगर प्रमुख दाहालले कृषि तथा पशुविज्ञान विश्वविद्यालयसँग प्रविधि आदानप्रदानका लागि दुई पक्षीय सम्झौता सम्पन्न गरेकोमा खुशी व्यक्त गर्दै यसबाट कृषि र प्रविधिको क्षेत्रमा गरिने अध्ययन र अनुसन्धानले दुई देशको कृषि प्रणालीमा आधुनिकीकरण गर्न थप सहयोग पुग्ने बताए। राजदूत मोहम्मदलाई महानगर प्रमुख दाहालले स्वागत गर्दै कतारले लोभ लाग्दो विकास गरेको बताए।
कतारका विकासका असल अभ्यास अनुसरण गर्न भरतपुर महानगरपालिका आतुर रहेको प्रमुख दाहालको भनाइ थियो। प्रमुख दाहालका अनुसार राजदूत मोहम्मदसँगको भेटका क्रममा कतारको एक नगरसँग भरतपुर महानगरले भगिनी सम्बन्ध कायम गरी भरतपुर महानगरमा बनिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण पूरा गर्न सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - ०९:२४
प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण
चैत्र २ गते, २०८२ - ०९:१०
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...
चैत्र २ गते, २०८२ - ०९:०७
बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...
चैत्र २ गते, २०८२ - ०८:२३
काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...
चैत्र २ गते, २०८२ - ०८:१५
अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने
चैत्र २ गते, २०८२ - ०८:१०
काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...
चैत्र २ गते, २०८२ - ०७:३८
रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...
चैत्र २ गते, २०८२ - ०७:२५
काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...
चैत्र २ गते, २०८२ - ०७:२१
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...
चैत्र २ गते, २०८२ - ०७:१८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...


प्रतिकृया लेख्नुहोस्: