सिन्धुपाल्चोक । इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीमा सोमबार ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ ।
भूकम्पबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न स्वीजरल्याण्डको लुजान विश्वविद्यालयका सहयोगमा सञ्चालित ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ अन्तर्गत सो कार्यक्रम भएको इन्द्रेश्वरी माविका शिक्षक लेखनाथ भट्टराईले जानकारी दिए ।
कार्यक्रमका प्रशिक्षक भूकम्पविज्ञ शिव सुवेदीले पश्चिम नेपालमुनि जम्मा भएको शक्तिको कारणले आठ रेक्टरभन्दा ठूलो भूकम्प जति बेला पनि जान सक्छ भन्ने तथ्य धेरै अनुसन्धानले देखाएको बताउँदै भूकम्प प्राकृतिक विपत्ति भएकाले रोकथाम सम्भव नहुने हुँदा यसको असर कम गर्न सक्ने आधार पूर्वतयारी भएको बताए ।
मेलम्ची नगरपालिकाको सहयोगमा इन्द्रेश्वरी माविमा सिस्मोमिटर राखिएको निवर्तमान प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले जानकारी दिए । सिस्मोमिटर राख्दा विद्यार्थी तथा समुदायमा भूकम्प नाप्ने यन्त्र कस्तो हुन्छ, कसरी नाप्छ, भूकम्प किन जान्छ, भूकम्प जाँदा कुन–कुन तरङ्गले कसरी हाम्रा संरचनामा क्षति पु¥याउँछ भन्ने अध्ययन गर्न सकिने श्रेष्ठको भनाइ छ ।
‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ अन्तर्गत नेपालका २२ स्कुलमा भूकम्प मापक यन्त्र जडान गरिसकिएको विज्ञ शिव सुवेदीले जानकारी दिनुभयो । साथै शैक्षिक कार्यक्रम गर्ने, यन्त्र जडान गर्ने तथा अन्य प्राविधिक सहयोग गर्ने पनि सुवेदीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: