काठमाडौं । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनः खुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ । कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो सङ्ख्या झण्डै ६ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा।लोकनाथ भुसालले बताए ।
कोभिड सङ्क्रमणका कारण यातायात व्यवस्था कार्यालयले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमितरुपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिक रुपमा नयाँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता डा भुसालले बताए ।
कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनः खुलाइएको भए पनि बीचमा झण्डै चार दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताए । गत वर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो । सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले जनाएको छ ।
उनले भने, “अहिले अपडेट गरेपछि फारम बुझाउन सकिएन भन्ने गुनासो छैन ।” विसं २०७६ चैतमा कोभिडका कारण सरकारले बन्दाबन्दी लागू गरेसँगै नयाँ चालक अनुमतिपत्रको परीक्षा रोकिएको थियो । गत वर्ष माघमा सङ्क्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भएपनि सङ्क्रमण पुनः बढेपछि स्थगित भएको थियो । दुई वर्षयता नियमितरुपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १२:०६
काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावा...
जेष्ठ १२ गते, २०८३ - ११:४२
उर्लाबारी। मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइेको थिइन्। ...
जेष्ठ १२ गते, २०८३ - ११:२८
कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भए...
जेष्ठ १२ गते, २०८३ - ११:१४
नेपालगन्ज। पश्चिम नेपालको बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा अत्यधिक गर्मीका कारण ‘हिटस्ट्रोक’ हुने जोखिम बढेपछि भेरी अस्पताललाई २४ सै घण्टा ‘हा...
जेष्ठ १२ गते, २०८३ - १०:५१
बागमती। बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५:०० ब...
जेष्ठ १२ गते, २०८३ - १०:३७
खजुरा। इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले अदालतबाट एक करोड रुपियाँभन्दा बढी जरिवाना तोकिएर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । विभिन्न मु...
जेष्ठ १२ गते, २०८३ - १०:२२
जनकपुरधाम। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत सुत्केरी महिलाको मृत्युपछि आइतबार उच्चस्तरीय छानबिन ...
जेष्ठ ११ गते, २०८३ - १७:५९
काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...
जेष्ठ ११ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...
जेष्ठ ११ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...



प्रतिकृया लेख्नुहोस्: