Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

ऊर्जामन्त्री भुसालद्वारा ललितपुर स्थित बालकुमारी मन्दिर पुन:निर्माण कार्यको शिलान्यास

खबरडबली संवाददाता

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका वडा नं ८ स्थित बालकुमारी मन्दिर पुन:निर्माण कार्यको शिलान्यास गरेकी छन् । आज बिहान उनले  मन्दिर पुन:निर्माणको आरम्भ गरेकी हुन् । 

तीनै तहको सरकारको मद्दतले मन्दिरको पुन:निर्माण कार्य सम्पन्न गर्ने विश्वास दिलाउँदै मन्त्री भुसालले भनिन्, “स्थानीय तहले विशेष पहल लिएको छ, तीनै तहको सरकारको मद्दतमा तोकिएको समयमै पुन:निर्माण कार्य सम्पन्न गरिनेछ ।” मन्दिर गोर्खा भुकम्पले भत्काएको थियो । करिब ३८८ वर्ष पहिले पुन: निर्माण भएको मन्दिरको अन्वेषण आवश्यक रहेको बताउँदै उनले भनिन्, “जीवन संस्कृतिसँग जोडिएको छ, पुन:निर्माणसँगै यस मन्दिरको ऐतिहासिक अन्वेषण हुनेछ ।”

कला सम्पदाले देशको सामाजिक सद्भाव र राष्ट्रको सम्बद्र्धन गरेर पर्यटन क्षेत्रको लाभ लिनुपर्नेमा जोड दिँदै उनले सम्पदाले देशको आर्थिक, सामाजिक विकासमा सहयोग पुर्‍याउने बताइन । मन्त्री भुसालले भनिन्, “ललितपुर कला, संस्कृति र सम्पदाले भरिपूर्ण भएको जिल्ला हो, यसको सही सदुपयोग गरेर यहाँका बासिन्दा र राष्ट्रले नै फाइदा लिनुपर्छ ।” पुन:निर्माण भएका सम्पदा भावी पुस्तालाई सहीरूपमा हस्तान्तरण गर्न सके कला संस्कृतिको संरक्षण हुने उल्लेख गर्दै उनले भक्तालु, श्रदालु एवं सम्पदाप्रमेमीलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग पुर्‍याउन अपिल गरिन् । सो अवसरमा सांसद कृष्णलाल महर्जनले सम्पदाको संरक्षण गर्दै देशको विकासमा लागिपर्ने बताइन । 

मन्दिर निर्माण प्राविधिक समितिका प्रमुख बाबुरत्न अवालले रु ४ करोडमा मन्दिरको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताइन । उनका  अनुसार मन्दिर पुन:निर्माण गत भदौं ३ गतेदेखि नै चालु रहे पनि आज औपचारिक रुपमा शुरु गरिएको बताइन । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending