Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

रसुवागढी नाकामा पार्किङ निर्माण सुरु

रासस

रसुवा । नेपाल–चीनबीचको उत्तरीनाका रसुवागढी क्षेत्रमा पूर्वाधारको थप व्यवस्था गर्न गृहकार्य अगाडि बढेको छ । रसुवागढी प्रवेशद्वारको भागलाई फराकिलो बनाई सामान ढुवानी गर्ने ट्रक तथा कन्टेनर पार्किङस्थलको बनाउन लागिएको हो ।

प्राकृतिकरूपमा साँघुरो भू–भागलाई अधिकतम सदुपयोग गर्दै रसुवागढी क्षेत्रलाई थप व्यवस्थित पार्न स्थानीय प्रशासनले सरोकारवाला निकायसँग समन्वय गर्ने कार्य सम्पन्न गरेको छ  । 

कोभिड सङ्क्रमण सुरूआतदेखि नै मितेरी पुलबाट नेपाली सवारी साधन केरूङ जान रोकिएपछि चिनियाँ कन्टेनरले सिधैँ रसुवागढी ल्याएका सामग्री पल्टी गर्ने स्थानको असहजतालाई दृष्टिगत गरी कुना भाग फराकिलो पार्न लागिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । 

विसं २०७२ को विनासकारी भूकम्पसँगै माथिबाट झरेको पहिराले पुरेको स्थानलाई सम्याउँदा कम्तीमा २० ट्रक तथा कन्टेनर  पार्किङ हुनसक्ने अनुमान रहेको उनले बताए । 

यस्तै, सीमावर्ती  क्षेत्रको समस्या पहिचान र समाधानका लागि पहलकदमी चाल्न स्थलगत निरीक्षणका लागि रसुवागढी पुग्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीले गढी क्षेत्रको पार्किङ व्यवस्थापन एवं स्याफ्रुबेँसी–मैलुङ खण्डको राजमार्ग छिटो सुधार गर्न सरोकारवाला निकायलाई निर्देशन दिए । 

कोभिडको असरले  घटेको  सामान आयातको परिमाण वृद्वि गराउन परराष्ट्र मन्त्रालयमार्फत चीनसँग कूटनीतिक पहलकदमीका लागि आफूले सुझाव पेश गर्नेसमेत बताए ।

हालै मन्त्रालयका सहसचिव रेग्मी, प्रजिअ जैसी, भन्सार प्रमुख, सुरक्षा निकायका प्रमुख सहितको संयुक्त टोलीले रसुवागढी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।  टोलीको भ्रमणपछि आयातको परिमाण बढ्नेमा आयातकर्ता आशावादी भएको व्यवसायी धर्म पौडेलले जानकारी दिए । 

नेपाली व्यापारीहरूले मगाएका सामग्री उत्पादनस्थलदेखि रसुवागढीसम्म ढुवानी सेवा प्रदान गर्दै आएको र आगामी दिनमा पनि छिटो–छरितो सेवा दिन आफू तयार रहेको चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा ट्रान्सपोर्टले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

काठमाडौं । अभिनेता सलोन बस्नेत र करिश्मा केसीलाई पुत्री लाभ भएको छ । केसीले आज बिहान नेपाल मेडिसिटी अस्पतालमा पुत्रीलाई जन्म दिएको परिवारका सदस्यले...

कालीकोटका किसानलाई गोठालो भत्ता

कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष का...

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुरु गरेको छ । १५ वडा रहेको यो नगरपालिकाले हरेक मंगलबार न...

पार्टी विभाजनविरुद्ध अदालत जाँदै उपेन्द्र यादव

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने तयारी गरेको छ । यसबारे औपचारिक निर्णय गर्न आज ...

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन् । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अध...

बलात्कार मुद्दामा सन्दीपको दाबी- यो घटना घटेको होइन, घटाइएको हो

गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

पहाडी र तराई क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान वि...

सुनकोसी-मरिण डाइभर्सनको आज ‘ब्रेक थ्रु’

काठमाडौं । सिन्धुलीमा निर्माणाधिन बहुचर्चित सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङको आज ‘ब्रेक थ्रु’ हुँदैछ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ...

इलाम-२ बाट निर्वाचित सुहाङले आज सांसद पदको शपथ लिँदै

काठमाडौं । गत वैशाख १५ गते इलाम २ मा भएको उपनिर्वाचनबाट विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने भएका छन्। सिंहदरबारस्थित कृषि समितिको...

म्याग्दीको विकट खतेन गाउँमा पुग्याे विजुली

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies