Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

पर्वतका २२ सय कोभिड प्रभावितले सरकारको राहत पाउने

खबरडबली संवाददाता

पर्वत । पर्वतका झण्डै दुई हजार २०० कोभिड–१९ प्रभावित परिवारले सरकारको सहयोग पाउने भएका छन् । 

जिल्लाका सातवटा स्थानीय तहका दुई हजार १८८ कोरोना प्रभावित परिवारले सरकारबाट राहत रकम पाउने भएका हुन् । कोभिड–१९ का कारण रोजगारी तथा आम्दानीका स्रोत गुमाएका परिवारलाई रु १० हजार नगद दिने सरकारको निर्णयअनुसार पर्वतका दुई हजार १८८ परिवारले राहत पाउने भएका हुन् ।

जिल्लाका स्थानीय तहहरुबाट वितरण हुने उक्त सहयोगका लागि आवेदन दिन सूचनासमेत प्रकाशन भएको छ । पर्वत जिल्लाको जलजला गाउँपालिकाका ४४६, मोदीका ३११, कुश्मा नगरपालिकाका ५२८, फलेवास नगरपालिका ३८६, महाशिला गाउँपालिकाका १४४, बिहादीका १७९ र पैंयुँ गाउँपालिकाका १९४ परिवारले राहातस्वरुप उक्त रकम पाउने भएका हुन् ।

गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार एक महिनाभित्र पीडितको खातामा उक्त रकम जाने गरी व्यवस्था भएको छ । अनुदान प्राप्त गर्न मापदण्डभित्र पर्ने परिवारका कुनै एक सदस्यले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफू स्थायी वा अस्थायीरूपमा बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा कार्यविधिको ढाँचामा निवेदन पेश गर्नुपर्नेछ । 

जिल्लाका सातवटै स्थानीय तहले सहयोग पाउन योग्य हुनेको सूचीसहित सूचना प्रकाशन गरिसकेकोे बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिए। 

कार्यविधिअनुसार विगतमा गर्दै आएको रोजगारी पूर्णरूपमा गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोगार भएका असङ्गठित क्षेत्रका मजदुर वा कामदारले उक्त नगद सहयोग पाउनेछन् । खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोकोमा सामान बेच्ने अतिविपन्न व्यवसायीले पनि पाउनेछन् । नगद सयोग पाउनेमा दैनिक ज्यालादार भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरिया पनि पर्नेछन् । कोभिड सङ्क्रमणको कारणबाट एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्कट झेल्नुपरेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालिगको स्याहार गर्ने परिवारले पनि उक्त रकम प्राप्त गर्न सक्नेछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...

इजरायलले केयरगिभरमा थप १ हजार ९८५ लैजाने

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...

इजरायलले केयरगिभरमा थप १ हजार ९८५ जना लैजाने

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...

भारी वर्षापछि माइतीघर डुबानमा

काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...

विष्णु पौडेलसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको पूरक अभियोगपत्र दर्ता हुने

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...

मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ

सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...

मधेशमा कांग्रेस–एमाले–नेकपा गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय

ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...

नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेललाई ८ वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, केहि महत्वपुर्ण निर्णय हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending